काठमाडौँ,
बुढानिलकण्ठ नगरपालिकाको कार्यालय,काठमाडौँमा कपडा बैंक सञ्चालन हुने भएको छ । बुढानिलकण्ठ नगरपालिकाको कार्यालय र क्लोथ एण्ड फूड बैंक नेपाल बीच कपडा बैंक सञ्चालन गर्ने बिषयमा संझौता भएको हो ।
बुढानिलकण्ठ नगरपालिका नगरपालिका प्रमुख मिठाराम अधिकारी ले देशै भरि संचालन गर्न लागिएको यो कार्यक्रमले हाम्रो घर, समाज र टोल सफा गर्नुको साथै साच्चिकै आवश्यक ब्यक्तीलाइ कपडा प्रदान गर्नु उत्कृष्ट मानवीय कार्य हुने बिस्वास व्यक्त गर्दै उहाले “ आफ्नो घर, टोल र समाजलाई सफा राखौ ! कोहि कपडा बिहिन नरहून भन्ने मुलमन्त्र लाइ आत्मासाथ् गर्दै पुन्य कार्यमा सहभागी बनौ !!” भन्ने मुल नाराका साथ सुरु हुने यो अभियानले समग्र नगरबासी लगायत देशकै हित हुने विश्वास ब्यक्त गर्नु भयो । उहाले हाल नगरपालिकाको कार्यालय र वार्ड न १० को कार्यालय स्थित कपडा संकलन बक्स राखिने र आगामि आर्थिक बर्षमा प्रत्येक वडा कार्यालयमा समेत संचालन गरिने योजना रहेको भन्दै नगरवासीलाई पुरानो लत्ताकपडा, झोला, ब्याग, बेल्ट तथा दैनिक प्रयोगजन्य सामग्री जम्मा गरि आ-आफ्नो घर टोल समाज सफा पनि हुने र पून्यको कार्य पनि हुने हुदा यो कार्यमा सहभागिताका लागि अनुरोध समेत गर्नुभयो । प्रयोगमा नआएका लत्ता-कपडा संकलन गरेर पुन प्रशोधन (रि–साइकल) गरि आवश्यकताका आधारमा निशुल्क वितरण गरिने यो कार्यक्रममा जोडिन पाउदा नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल ले निकै खुसि लागेको उनले बताउनु भयो ।
क्लोथ एण्ड फूड बैंक नेपाल का प्रमुख अभियन्ता आबिस्कार खनाल ले देशका सातै प्रदेशमा यो अभियान सञ्चालन भैरहेको र देशभरका स्थानीय सरकार तथा विभिन्न संघ-संस्थालाई यो अभियानमा सहकार्य गर्न आव्हान समेत समेत व्यक्त गर्नु भयो । मानव सेवाको लागि प्रयोगमा नआएका कपडालाई पुनः प्रयोग भन्ने मुल नाराका साथ नितान्त मानवीय सेवाभावले स्थापना गरिएको बैंकबाट अधिकतम् सेवा लिन सकिने उहाले बताउनु भयो । क्लोथ एन्ड फुड बैंक नेपालका परिकल्पनाकार तथा सस्थापक अध्यक्ष कमल जिसी ले क्लोथ एण्ड फूड बैंक नेपालले आगामी दुइ बर्षमा देशलाइ कपडा मुक्त बनाउने र २०८२ सम्ममा देशैभर फूड एम्बुलेन्स समेत संचालन गर्ने योजना बनाएको बताउनुभयो । अहिले सम्म करिब १६० स्थानिय सरकार यो अभियानमा जोडिएको सम्झौतामा समारोहमा अध्यक्ष कमल जि सी ले जानकारी दिनुका साथै बुढानिलकण्ठ नगरपालिका लाई धन्यवाद समेत दिनु भयो ।
बुढानिलकण्ठ नगरपालिकाको कार्यालय,काठमाडौँमा कपडा बैंक सञ्चालन हुने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
