विद्यार्थीमा सकारात्मक सोच र मानसिक सचेतना बढाउन रोटर्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीको ‘सचेत युवा, अर्थपूर्ण जीवन’ कार्यक्रम ।

बुटवल । अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा रोटर्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीले विद्यार्थी तथा युवामा मानसिक सचेतना, सकारात्मक सोच, आत्मविश्वास र जीवनप्रतिको उद्देश्यपूर्ण दृष्टिकोण विकास गर्ने उद्देश्यले ‘सचेत युवा, अर्थपूर्ण जीवन’ कार्यक्रम सम्पन्न गरेको छ। बुधबार (१२ अगस्ट २०२६) बुटवल–रामनगरस्थित बुटवल कालिका क्याम्पसमा आयोजित कार्यक्रममा क्याम्पस प्रमुख घनश्याम पाठक प्रमुख अतिथि तथा रोटर्याक्टका पूर्व जिल्ला अध्यक्ष रोटर्याक्टर विक्रम क्षेत्री विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रम रोटर्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष रोटर्याक्टर श्रीधर केसीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा क्याम्पसका प्राध्यापक तथा स्नातक तह तेस्रो वर्षका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा विद्यार्थीहरूको मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन, सकारात्मक सोच, आत्मचेतना, आत्मविश्वास तथा जीवनलाई सन्तुलित र अर्थपूर्ण बनाउने विषयमा प्रशिक्षण तथा अन्तरक्रिया गरिएको थियो। कार्यक्रमका मुख्य प्रशिक्षक लक्ष्मण भण्डारीले विद्यार्थीहरूलाई मानसिक सचेतना, सोच व्यवस्थापन, आत्मविश्वास तथा सकारात्मक जीवनशैलीका विषयमा प्रशिक्षण दिनुभएको थियो। भण्डारी अमेरिकी हिप्नोथेरापिस्टहरूको राष्ट्रिय संघ (NGH), अमेरिका तथा अन्तर्राष्ट्रिय व्यावसायिक हिप्नोथेरापी महासंघ (IPHM), बेलायतबाट प्रमाणित हिप्नोथेरापिस्ट हुनुहुन्छ। प्रशिक्षणका क्रममा विद्यार्थीहरूले सक्रिय रूपमा सहभागिता जनाएका थिए। कार्यक्रमको समन्वय रोटर्याक्टर दिपेश ज्ञवालीले गर्नुभएको थियो भने रोटर्याक्टर मधुसुधन नेपालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा क्याम्पसका प्राध्यापक, स्नातक तह तेस्रो वर्षका विद्यार्थी तथा रोटर्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीका रोटर्याक्टरहरूको सहभागिता रहेको थियो।

रोटर्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीका अनुसार कार्यक्रमको मुख्य उद्देश्य युवासँग प्रत्यक्ष रूपमा जोडिँदै उनीहरूको व्यक्तिगत विकास, मानसिक सचेतना र सकारात्मक सोच अभिवृद्धिमा योगदान पुर्‍याउनु हो। साथै, शैक्षिक संस्थासँगको सहकार्यमा विद्यार्थीकेन्द्रित कार्यक्रममार्फत युवाको क्षमता विकासमा सहयोग पुर्‍याउनु र रोटर्याक्टको सामाजिक भूमिकालाई थप प्रभावकारी बनाउनु पनि कार्यक्रमको उद्देश्य रहेको क्लबले जनाएको छ। कार्यक्रमले युवाहरूलाई ‘आज सचेत बनौँ, भोलि अर्थपूर्ण बनाऔँ’ भन्ने सन्देश दिएको थियो। विद्यार्थीहरूलाई आफ्नो सोच, व्यवहार र जीवनशैलीप्रति सचेत हुँदै सकारात्मक, सन्तुलित तथा उद्देश्यपूर्ण जीवनतर्फ अघि बढ्न प्रेरित गरिएको आयोजकले जनाएको छ। युवा पुस्ताको व्यक्तिगत तथा सामाजिक विकासमा सकारात्मक योगदान पुर्‍याउने उद्देश्यले रोटर्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीले आगामी दिनमा पनि युवा सशक्तीकरण, शिक्षा, मानसिक सचेतना तथा समुदायमा सकारात्मक प्रभाव पार्ने विद्यार्थीकेन्द्रित कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै