बुटवल,
रोटरी क्लब अफ बुटवल साउथको आयोजना तथा रोटर्याक्ट क्लब अफ बुटवल साउथका तथा रोटर्याक्ट क्लब अफ तिनाउ सिटीको सयुंmत पहल र सहकार्यमा रोटरी डिस्ट्रिक्ट ३२९२ को “१ लाख बिरुवा रोपण अभियान“ अन्तर्गत दुई स्थानमा वृहत् वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। शुद्दोधन गा.पा ५ दरबाहा भगवती मन्दीर तथा शुद्दोधन गा.पा ७ मटेरिया स्थित जनता माध्यमीक विधालयको प्रागंणमा झण्डै २५० टिक तथा फलफुल प्रजातीका विरुवा रोपण गरियो ।कार्यक्रममा शुद्धोधन गाउँपालिकाका अध्यक्ष श्री विष्णु प्रसाद बस्याल तथा विशेष अतिथिका रूपमा वडा ५ का अध्यक्ष श्री चन्द्रभान चौधरी, मन्दीर व्यवस्थापन समितीका अध्यक्ष मन बहादुर बुढाथोकीका रोटेरियन, रोटर्याक्टर तथा स्थानीय समुदायको उत्साहजनक सहभागिता रहेको थियो।श्री जनता माध्यमिक विद्यालय, मटेरिया र दरबहा भगवती मन्दिर परिसरमा वातावरण संरक्षण, जैविक विविधताको प्रवद्र्धन तथा भावी पुस्ताका लागि हरित वातावरण निर्माण गर्ने उद्देश्यले २०० बिरुवा रोपिएको थियो। कार्यक्रममा सहभागीहरूले रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाह गर्ने प्रतिबद्धता समेत रोटरी क्लबका अध्यक्ष नित्यानन्द ज्ञवालीले गर्नुभएको थियो।
कार्यक्रमको प्रारम्भमा रोटर्याक्ट क्लब अफ बुटवल साउथकी अध्यक्ष रो रोशनी भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो। त्यसपछि रोटरी क्लब अफ बुटवल साउथका चार्टर प्रेसिडेन्ट रामचन्द्र आचार्यले वातावरण संरक्षणमा रोटरीको भूमिकाबारे प्रेरणादायी सम्बोधन गर्नुभयो। प्रमुख अतिथी गाँउपालिका अध्यक्ष विष्णु प्रसाद बस्याल ले गाँउपालिकाले आफ्नो पालिकाको ३ वटा पुरानो ताल लाई सरक्षण र पार्क व्यवस्थापन गर्न लागेको ले सो क्षेत्रमा समेत बृक्षारोपण गर्न आउन विभिन्न क्लब हरुलाई आव्हान गर्नु भएको थियो ।सचिव ज्ञानेन्द्र गिरीको सचांलनमा रहेको कार्यक्रममा सहसयोजन सुदिप पौडेल तथा रोटर्याक्ट क्लब अफ तिनाउ सिटीका अध्यक्ष आयूष सुबेदी ले समेत मनत्वय राखेका थिए । यस अभियानमा ३८ जना रोटेरियन तथा ४२ जना रोटर्याक्टरसहित ८० भन्दा बढी सहभागीहरूको सक्रिय सहभागिता रहेको थियो। वृक्षारोपणसँगै वातावरण संरक्षण, समुदाय सेवा तथा दिगो विकासप्रति सबैलाई जिम्मेवार बनाउने सन्देश प्रवाह गरिएको थियो।
