रुपन्देही -३ उपनिर्वाचन : रास्वपाका उम्मेदवार डा. लेखजङ थापा विवादको घेरामा

रुपन्देही – आगामी उपनिर्वाचनलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ न्युरोलोजिस्ट तथा समाजसेवी डा. लेखजङ थापालाई क्षेत्र नं. ३ बाट आधिकारिक उम्मेदवार तोकेको छ। स्वास्थ्य क्षेत्रमा लामो अनुभव, स्ट्रोक उपचारमा योगदान तथा अन्तर्राष्ट्रिय शैक्षिक पृष्ठभूमिका कारण थापा चर्चामा तानिएका भए पनि हाल उनी विवादका कारण पनि व्यापक रूपमा विमर्शमा आएका छन्।

बहुविवाहको आरोप

थापामाथि पहिलो पत्नी सुलोचना घिमिरेसँग सम्बन्ध विच्छेद नगरी दोस्रो विवाह गरेको आरोप लागेको छ। यद्यपि उनले औपचारिक रूपमा सम्बन्ध विच्छेद भएको दाबी गरेका छन्, तर सो सम्बन्धी स्पष्ट कागजात सार्वजनिक भएको छैन।
यस विषयलाई थप बलियो बनाउने प्रमाणका रूपमा उनका आफ्नै युट्युब च्यानल “सुपर थापा फ्यामिली” मा देखिएका भिडियोहरू तथा पछिल्ला सामाजिक सञ्जालमा भाइरल बनेका तस्वीर–भिडियो प्रस्तुत भइरहेका छन्। ती सामग्रीहरूले सम्बन्ध विच्छेद नगरी दोस्रो विवाह भएको संकेत गरेको भन्दै उनलाई आलोचना गरिएको छ।

पार्टी बैठकमा गुप्त रेकर्डिङ

थापासम्बन्धी अर्को विवाद रास्वपाको आन्तरिक बैठकसँग जोडिएको छ। भदौ ३ गते पार्टीको विशेष बैठकमा मोबाइल फोन प्रयोग निषेध गरिएको अवस्थामा उनले क्यामेरा जडान भएको चस्मा प्रयोग गरी बैठक गोप्य रूपमा रेकर्ड गरेको भन्दै अन्य आकांक्षीले पार्टी नेतृत्वमा उजुरी दिएका छन्। यसलाई पार्टी अनुशासन उल्लंघन मानिएको छ। यद्यपि, यसबारे औपचारिक छानबिन वा कारबाही भने अझै भएको छैन।

अवसर र चुनौती

डा. थापा एक कुशल चिकित्सक, अनुसन्धानकर्ता र समाजसेवीको छवि बनाउँदै राजनीतिमा होमिएका उम्मेदवार हुन्। तर, व्यक्तिगत जीवनसँग जोडिएका विवाद र पार्टी अनुशासन उल्लंघनसम्बन्धी आरोपले उनको राजनीतिक यात्रा चुनौतीपूर्ण बनेको छ।
रुपन्देही–३ को उपनिर्वाचनमा मतदाताले उनलाई स्वास्थ्य क्षेत्रमा गरेको योगदानको आधारमा समर्थन गर्ने कि उठेका विवादका कारण प्रश्न गर्ने भन्ने विषय अबको प्रमुख राजनीतिक बहस बन्ने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै