नेपाल क्यान : एक महिनामै ३०० जनालाई नयाँ रोजगारी

नेपालमा रोजगारी सिर्जना र ई–कमर्स क्षेत्रलाई सबल बनाउन लक्षित गर्दै नेपाल क्यान (Nepal Can) नामक नयाँ स्टार्टअप तीव्र गतिमा अगाडि बढेको छ।लोजिस्टिक्स क्षेत्रलाई सहज बनाउन स्थापना भएको यो कम्पनीले हालै छोटो समयमै उल्लेखनीय उपलब्धि हासिल गरेको छ।

नेपाल क्यानले विशेषगरी अनलाइन बजारलाई क्यास अन डेलिभरी (COD) भुक्तानी प्रणाली मार्फत सहयोग गर्दै आएको छ। यसले ई–कमर्स व्यवसायलाई मात्र होइन, उपभोक्तालाई पनि भरपर्दो सेवा उपलब्ध गराएको छ। कम्पनीले सस्तो, छिटो र सुरक्षित डेलिभरी प्रणालीमार्फत हजारौं युवालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी दिने अभियान सञ्चालन गरिरहेको छ।

गत एक महिनामै कम्पनीले ३०० भन्दा बढीलाई रोजगारी दिएको छ भने अझै नयाँ कर्मचारी भर्ना गर्ने प्रक्रिया जारी छ। अहिलेसम्म २०,००० भन्दा बढीलाई अप्रत्यक्ष रोजगारी उपलब्ध गराइसकेको कम्पनीको दीर्घकालीन लक्ष्य सन् २०३० सम्ममा देशभर १,००० शाखा विस्तार गर्ने र १०,००० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिने रहेको छ।

स्थानीय व्यवसायीहरूले नेपाल क्यानको सेवा व्यवसाय विस्तार, रोजगारी सिर्जना र युवालाई आफ्नै देशमै अवसर दिलाउन ठूलो टेवा पुगेको बताएका छन्। कम्पनीले निकट भविष्यमा ग्रामीण क्षेत्रमा समेत शाखा विस्तार गरी सेवा पुर्याउने र लाखौं अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने योजना अगाडि सारेको छ।
स्रोत: सागर भुसाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै