चन्द्रागिरि नगरपालिकामा पनि क्लोथ बैंकको सुभारम्भ

काठमाण्डौं । देशभर कोही पनि कपडा विहिन हुन नपरोस  भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै सबैका लागि पुण्य काम गर्ने उद्धेश्यले स्थापना भएको क्लोथ एण्ड फुड बैक चन्द्रागिरी नगरपालिकामा औपचारिक रुपमा स्थापना भएको छ । आज चन्द्रागिरी नगरपालिकाको सभाहलमा एक औपचारीक कार्यक्रमका बिच क्लोथ एण्ड फुड बैकको स्थापना भएको हो । क्लोथ बैंकमा तपाई हामि जो कोहिले आफुले सग भएका प्रयोगमा नआएका लत्ताकपडा दिन सकिने  र  आवश्यकता परेको खण्डमा तपाई हामि जो कोहिले क्लोथ बैंकले रि- साइकल गरि प्रसोधन गरेका कपडाहरु  लिएर जाने सक्ने  अभियानको आजबाट चन्द्रागिरि नगरपालिकामा पनि सुरुवात  भएको छ ।

क्लोथ बैंकको  २५ गते आइतबार  महानायक राजेश हमाल,  नगरपालिकाका नगरप्रमुख घनश्याम गिरी, प्रमुख प्रशासकिय अधिकृत हेम राज अर्याल,क्लोथ एण्ड फुड बैकका अध्यक्ष कमल जिसि  लगायतले उद्घाटन गरे । मानव सेवाका लागि देशको सातै प्रदेशमा सञ्चालन हुन लागेको क्लोथ एन्ड फुड बैंक नेपालले प्रयोगमा नआएको घरमा यत्तिकै रहिरहेको  लत्ता कपडा संकलन  गरी पुन प्रशोधन गरेर आवश्यक पर्नेहरुका लागि निःशुल्क वितरण गर्ने छ । देसका सातै प्रदेशमा स्वरुम हरु संचालन गरेर हामि जो कोहिले प्रयोग गर्न मिल्ने छ । आफ्नो घर, टोल र समाजलाई सफा राखौ  भन्ने नाराका साथ यो अभियान जारी रहेको क्लोथ एण्ड फुड बैक नेपालका अध्यक्ष कमल जीसीले बताए । कार्यक्रममा बोल्दै यो मानव सेवाको परोपकारि कार्यमा  नेपालभरका सम्पूर्ण स्थानीय तह  तथा विभिन्न निकायलाई सहकार्यका लागि आव्ह्वान समेत गरे ।

कार्यक्रमको उदघाटन गर्दै महानायक राजेश हमालले कपडा बिहिनलाई कपडा दिने र पु कपडा मुक्त गर्ने पुन्य कार्यमा सहभागी हनुका सबैलाई लागी  आग्रह गरे । क्लोथ एण्ड फुड बैकले  संचालन गरेको यस्तो नविनतम , परोपकारि   र उत्कृष्ट कार्यमा  सहकार्य गर्न पाएकोमा नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले आफु निकै हर्षित भएको बताए । कुनै पनि व्यक्तिका लागि आवश्यक नभएको कपडा अरूलाई आवश्यक पर्ने भन्दै क्लोथ बैंकमा आफूलाई आवश्यक नपर्ने कपडा जम्मा गरिदिन सबैलाई आग्रह सकेत गरे ।
त्यस्तै चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हेम राज अर्यालले क्लोथ एण्ड फुड बैक चन्द्रागिरी नगरपालिकामा संचालनमा आएपछि आफु धेरै उत्साहित भएको बताए । चन्द्रागिरी नगरपालिका यस्तो पुण्य कार्यमा साझेदार हुने मौका पाएकोमा आफु निकै खुशी भएको र यस कार्यमा सबैले साथ र सहयोग गरिदिन आग्रह गरे ।  नगरपालिका भित्र संचालन हुने गरि  कपडा संकलन बक्स राखिने बताउदै  यसलाइ दीगो  रुपमा अगाडी  बढाउन समेत शुभकामना दिए ।फागुन ०५ गते लुम्बिनी प्रदेश रुपन्देहीको  बुटवल उपमहानगरपालिका बाट सुभारम्भ गरिएको अभियान अहिले देशकै विभिन्न स्थानमा संचालन  गरिसकिएको छ । देशका विभिन्न उपयुक्त स्थानमा संकलन बक्स राखिने र संकलित कपडाहरूलाई पुनस् प्रशोधन रि–साइकल गरेर आवश्यकताका आधारमा वितरण गरिनेछ । अध्यक्ष जीसीका आगामी दुई वर्षमा कपडाविहीन मुक्त बनाउने र २०८२ सम्ममा देशभर फूड एम्बुलेन्ससमेत सञ्चालन गर्ने योजना बनाएको बताए । उनका अनुसार हालसम्म  १६०  स्थानीय तह यो अभियानमा जोडिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै