लीलामणि पोखरेल
दिल्ली -भारतको राजधानी दिल्ली आसपासको क्षेत्रलाई केन्द्रबिन्दु भै ठूलै भूकम्पको झड्का महसुस गरिएको छ। बिहान ५ बजेर ३७ मिनेट को समयमा करिब ४/५ सेकेन्ड सम्म धक्क महसुस गरिएको थियो।
राष्ट्रिय भूकम्प मापन केन्द्र भारतका अनुसार जमिनदेखि करिब पाँच किलोमिटर तलबाट यो कम्पनी सुरु भएको र जमिनमाथिसम्म आइपुग्दा चार रेक्टरको भूकम्प गएको हो। उक्त भूकम्प ४ रेक्टर स्केलको भएतापनि धक्का भने ठूलै महसुस गरिएको थियो ।
भूकम्प भने भारतको राजधानी दिल्ली एनसियर आसपासका क्षेत्र जस्तै गाजियाबाद, नोएडा, फरिदाबाद , गुडगाउँ र मेरेटसम्म यो भूकम्पको धक्का महसुस गरिएको थियो। दिल्ली गाजियाबाद र नोएडा एरियामा बिहान मान्छेहरू बाहिर निस्कीर आवाज गरेका थिए भने भूकम्प भने दुईपटकसम्म महसुस गरिएको थियो।
