रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न ।

विराटनगर ,

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, विराट मेडिकल कलेज फ्युजन, रोट्रयाक्ट क्लब अफ पोखरा र इट्टाभट्टा म्युनिसिलको आतिथ्यतामा  प्रथम  पिएस मिट  विराटनगर स्थित कन्चनजङ्गा ब्याङ्केट प्राइभेट लिमिटेडमा सम्पन भएको छ । उद्घाटन सत्रको कार्यक्रमको अध्यक्षता रोट्रयाक्ट क्लब अफ विराटनगरका प्रेम पारखले गर्नुभएको थियो भने  पिएस मिट कार्यक्रमको अध्यक्षता रोट्रयाक्ट डिस्ट्रिक्ट 3292 का डिआरआर विक्रम क्षेत्रीले गर्नुभएको थियो।

कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो। प्रमुख अतिथि कोइरालाले देशैभरका रोट्रयाक्ट क्लबका अध्यक्ष एवं सचिवहरू र रोट्रयाक्ट अभियानमा लागेका युवाहरूलाई विराटनगरमा स्वागत गर्न पाउँदा निकै खुसी लागेको बताउँदै रोट्रयाक्टको माध्यमबाट युवाहरूको व्यक्तित्व र नेतृत्व विकास हुने भएकाले यो अभियानमा जोडिन सबै युवाहरूलाई आग्रह गर्नुभयो। कार्यक्रमको विशिष्ट अतिथि एवं वक्ताको रूपमा रूपमा पूर्व डिआरआर विकेशराज बज्राचार्य हुनुहुन्थ्यो।  कार्यक्रमको कि नोट स्पिकरको रूपमा  रोट्रयाक्ट क्लब अफ मनोहराका पूर्व अध्यक्ष एवं रोट्रयाक्ट डिस्ट्रिक्टका पूर्व सचिव प्रदिप धितालले महत्वपूर्ण विषयवस्तुमा आफ्ना भनाइ राख्नुभएको थियो। कार्यक्रममा बोल्दै  डिआरआर बिक्रम क्षेत्रिले बाकि कार्यकाल लाइ उत्कृष्ट  बनाउनका लागि यो कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेल्ने बताउदै अझै महत्त्वपूर्ण  रोट्रयाक्ट गतिविधिहरु संचालन गर्नुपर्ने र  रोट्रयाक्टमा अझै युवा सहभागी बढाउन सकिनेमा जोड दिनुभएको थियो । रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का सचिब सुबिन खड्का, नम्रता लम्साल र रोजि श्रेष्ठको  संचालन  डिआरआर इलेक्ट दिनेश गैरे र सबिन राउतको स्वागत रहेको कार्यक्रममा  ५३० जनाको सहभागीता रहेको रोट्रयाक्ट डिस्ट्रिक्ट मिडिया समन्वय अफिसर आबिस्कार खनालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै