रोट्रयाक्ट क्लब अफ सुरूङ्गाको “प्रोजेक्ट सरस्वती” अन्तर्गत दुई विद्यार्थीलाई शैक्षिक सहयोग ।

झापा, सुरूङ्गा

“शिक्षा हाम्रो अधिकार” भन्ने मूल नारासहित रोट्रयाक्ट क्लब अफ सुरूङ्गाले सञ्चालन गरेको “प्रोजेक्ट सरस्वती” अन्तर्गत दुई जना कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई पूर्ण शैक्षिक सहयोग प्रदान गरिएको छ , सहयोग प्राप्त गर्नेमा हिमाली माध्यमिक विद्यालयका छात्र किशोर कोइराला र भृकुटी माध्यमिक विद्यालयकी छात्र मौसम पूरी रहेका छन्। यी दुवै विद्यार्थीलाई काठमाडौं घर भई हाल अष्ट्रेलियामा बसोबास गरिरहेकी शिक्षिका सुमिता ढुंगानाको सहयोगमा कक्षा १२ सम्मको अध्ययन व्यवस्थापन गरिएको हो।रोट्रयाक्ट क्लब अफ सुरूङ्गाका अध्यक्ष प्रतापबाबू जमरकट्टेलको नेतृत्वमा सञ्चालन गरिएको यस परियोजनाका संयोजक  कृष्ण पूरी रहेका छन्।दुवै विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्रीहरू हस्तान्तरण गरिएको छ।

प्रदान गरिएका सामग्रीहरूमा स्कुल झोला, पोशाक, विज्ञान प्रयोगात्मक कापी, एक दर्जन कापी, चित्र बनाउने कापी, ज्यामिति बक्स, वैज्ञानिक गणकयन्त्र, रङ्गिन पेन्सिल, सामान्य पेन्सिल, कलम र पानीको बोतल समावेश छन्। आवश्यक परेको खण्डमा कापी र कलम पुनः उपलब्ध गराइने व्यवस्था समेत गरिएको छ।साथै विद्यालयमा भर्ना गर्दा लाग्ने शुल्क र अङ्ग्रेजी माध्यममा लाग्ने अन्य सम्पूर्ण खर्च पनि तिरिएको क्लबले जनाएको छ।समान अवसर, सहजीकरण र शिक्षा पहुँचमा वृद्धि गर्ने उद्देश्यले गरिएको यो पहल सराहनीय रहेको छ। आगामी दिनमा अझ धेरै विद्यार्थीहरूलाई समेट्ने लक्ष्य क्लबले लिएको छ।“शिक्षा सबैको लागि हो — अवसरको अभावले सपना नरोकिन्” भन्ने भावनाका साथ रोट्रयाक्ट क्लब अफ सुरूङ्गाको यो सामाजिक अभियान उदाहरणीय बन्दै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै