१३ साउन, पोखरा । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भएर पोखरामा भेटिएका उर्मिला हायूका परिवारलाई प्रहरीले आफन्तको जिम्मा लगाएको छ ।
सोमबार राति पोखरा महानगरपालिका–३० स्थित गगनगौंडामा भेटिएका उनीहरुलाई प्रहरीले धनबहादुर र अमिस तामाङको जिम्मा लगाएको हो । वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीलगायतको रोहबरमा उनीहरुलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
एकै परिवारका १६ जना परिवारका सदस्य बेपत्ता भएको खबर पाएपछि सिन्धुली, रामेछाप र कास्की प्रशासनले खोजी गरेको थियो । सिन्धुलीबाट पोखरा पुगेर होटेलमा बसेका उनीहरु अन्तत: पोखराकै गगनगौंडामा भेटिएका थिए ।
