नेपालमै पहिलो पटक ‘द मर्निङ बिट’ : स्वास्थ्य, शिक्षा र मनोरञ्जनलाई एउटै मञ्चमा ल्याउने अभियान ।

बुटवल , कात्तिक

माउन्टेन साहारा एजुकेशनल हबले स्वास्थ्य र शिक्षामाथि जागरण ल्याउने उद्देश्यका साथ नेपालमै पहिलो पटक विशेष कार्यक्रम ‘द मर्निङ बिट’ आयोजना गर्ने भएको छ। यो कार्यक्रम कात्तिक १५ गते, २०८२ (शनिबार) बिहान ७ बजे बोधि भिल्ला, मंगलापुरमा आयोजना हुनेछ। ‘कफी, डीजे र उज्यालो भविष्य’ भन्ने आकर्षक नाराका साथ सञ्चालन हुने यस कार्यक्रममा ‘लतभन्दा स्वास्थ्य र शिक्षालाई रोजौं’ भन्ने सन्देश प्रवाह गरिनेछ। कार्यक्रममा डीजे भी–रकको विशेष प्रस्तुति रहनेछ भने कफी सेसन, प्रेरणादायी सन्देशहरू तथा युवा पुस्तालाई सकारात्मक जीवनशैलीतर्फ प्रेरित गर्ने विविध गतिविधिहरू पनि समावेश गरिनेछन्।माउन्टेन साहारा एजुकेशनल हबका सञ्चालक आलोक भट्टराईका अनुसार नेपालमै पहिलो पटक आयोजना हुन लागेको यस कार्यक्रमले युवालाई मनोरञ्जनसँगै स्वास्थ्य र शिक्षाको महत्त्व बुझाउने उद्देश्य लिएको छ। उनले भने, “यो कार्यक्रम केवल रमाइलोका लागि होइन, जीवनलाई सही दिशातर्फ लैजाने प्रेरणाको यात्रा हो।”प्रवेश निःशुल्क रहने यस कार्यक्रममार्फत माउन्टेन  साहारा एजुकेशनल हबले मनोरञ्जन, शिक्षा र सामाजिक सन्देशलाई एउटै मञ्चमा जोड्ने नयाँ पहिचान स्थापित गर्न खोजेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै