एन्ड्रोइड फोनमा अचानक बदलिएको कल स्क्रिन’को वास्तविकता

लीलामणी पोखरेल

काठमाडौं-पछिल्ला दिनमा धेरै एन्ड्रोइड प्रयोगकर्ताहरू आफ्नो फोनमा देखिएको नयाँ ‘कॉलिङ एप’ इन्टरफेसले अचम्ममा परेका छन।
कुनै सेटिङ नबदलेको भए पनि कॉल स्क्रिन अचानक परिवर्तन भएपछि कतिले यसलाई ह्याकिङ वा सरकारी निगरानी सँग जोडेर आशंका व्यक्त गरेका छन् ।
तर विज्ञहरू भन्छन्—यो न त ह्याकिङ हो, न निगरानी । यो त गुगलले ल्याएको नयाँ सफ्टवेयर अपडेटको परिणाम मात्र हो ।
गुगलले यसै वर्ष घोषणा गरेको ‘मटेरियल थ्री डी एक्सप्रेसिभ’ अपडेट पछि फोनको डायलर वा कलिङ एपको डिजाइन र इन्टरफेस नै बदलिएको हो ।
के–के परिवर्तन भए ?
पहिले छुट्टै देखिने ‘रिसेन्ट’ र ‘फेभरेट्स’ अब एउटै ‘होम’ ट्याब मा मिसिएका छन् ।
एउटै नम्बरबाट आएका कलहरू समूहगत नभई समयक्रमअनुसार देखिन्छन् ।
इनकमिङ कल स्क्रिन पनि परिमार्जन गरिएको छ, ताकि प्रयोगकर्ताले गल्तीले रिसिभ वा कट नगरोस् ।
अचानक किन भयो यस्तो ?
धेरै प्रयोगकर्ताले आफ्ना फोनमा Google Play Store को Auto Update सुविधा अन राखेका हुन्छन् ।
यही कारण एपहरू आफैं अपडेट हुन्छन् र इन्टरफेस पनि बदलिन्छ ।
यसलाई OnePlus लगायतका कम्पनीहरूले पनि गुगलको अपडेट भएको पुष्टि गरिसकेका छन् ।
पुरानै शैलीमा कसरी फर्काउने ?
फोनको सेटिङ मा गएर ‘Uninstall Update’ रोज्न सकिन्छ वा Google Play Store मा गएर ‘Google Contacts’ एप खोजी अपडेट हटाउन सकिन्छ ।
यसपछि डायलर एप पुरानै डिजाइनमा फर्किन्छ।
फोनको बदलिएको कल स्क्रिन देखेर डराउनुपर्ने केही छैन ।
यो ह्याकिङ वा निगरानी नभई गुगलको नयाँ प्रयोग मात्र हो । प्रयोगकर्ताले चाहे नयाँ इन्टरफेस अपनाउन सक्छन्, नचाहे सजिलै पुरानै स्टाइलमा फर्कन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै