रोट्रयाक्ट डिस्टिक३२९२ को  दोस्रो  पिएस मिट तथा पेट्स सेट्स झापाको दमकमा सम्पन्न

रोट्रयाक्ट डिस्टिक ३२९२ नेपाल भुटानद्वारा  आयोजित  दोस्रो पिएस मिट  झापाको दमकमा  चैत्र २४ गते सनिवार सम्पन भएको छ ।  रोट्रयाक्ट डिस्टिक ३२९२ नेपाल भुटान अर्न्तर्गत रहेका  रोट्रयाक्ट  क्लबहरु मध्ये ११० क्लबहरु बाट ६०० भन्दा रोट्रयाक्टरहरुको उक्त  कार्यक्रममा सहभागीता रहेको थियो ।  आगामी रोट्रयाक्ट बर्ष २०२४/२५ का अध्यक्ष एवं सचीवहरुलाइ केन्द्रित गरि राखिएको कार्यक्रममा बर्ष २०२४/२५ का लागि निर्वाचित अध्यक्ष र सचीवहरुलाइ छुट्टाछुट्टै समुहमा  तालिम प्रदान गरिएको थियो ।  अध्यक्षहरुको  तालिम  सहजिकरण एवं  प्रशिक्षण बर्ष  २३/२४ का एडिआरआर  भुपेन्द्र निरौला , असिस्टेन्ट डिस्टिक सेक्रेटरि अनुप पाण्डे ,  डिस्टिक सेक्रेटरि सुशान्त धिताल  बर्ष  २३/२४ का  डिआरआर रोशन कार्की , बर्ष २४/२५ का  डिआरआर बिक्रम क्षेत्रिले गर्नुभएको थियो  सचीवहरुको तालिम   सहजिकरण एवं  प्रशिक्षण बर्ष  २३/२४ का डिस्टिक सेक्रेटरि सुशान्त धिताल,  २४/२५ का एडिआरआर चन्द्र भक्त अधिकारि र बर्ष २४/२५ का लागि डिस्टिक सेक्रेटरि सुबिन खड्काले गर्नु भएको थियो ।      कार्यक्रमको उद्घघाटन  समारोह रोट्रयाक्ट क्लब अफ दमकका अध्यक्ष सवन अधिकारीको अध्यक्षता ,   दमक नगरपालिका प्रमुख राम कुमार थापाको प्रमुख आतिथ्यता ,  रोट्रयाक्ट डिस्टिक ३२९२ नेपाल भुटान बर्ष  २३/२४ का  डिआरआर रोशन कार्की , बर्ष २४/२५ का  डिआरआर बिक्रम क्षेत्रिको बिशिस्ट आतिथ्यता, रोटरि क्लब अफ  दमकका अध्यक्ष पदम बराल ,  इन्टयाक डिस्टिक प्रतीनिधि बिप्लव थापाको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।  कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख राम  थापाले दमकमा दोस्रो पिएस मिट कार्यक्रम गरेकोमा धन्यवाद व्यक्त गर्दै   रोट्रयाक्टको माध्यमबाट आज हजारौं युवाहरु आफ्नो ब्यक्तित्व र नेतृत्व बिकास सगै सामाजिक कार्यमा लाग्नु निकै सुखद पक्ष  रहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै बर्ष २४/२५ का डिआरआर बिक्रम क्षेत्रिले आगामी बर्षलाइ   उत्कृष्ट  बनाउनका लागि यो कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनु भयो भने २३/२४ का डिआरआर रोशन कार्किले यस बर्षका बाकी कार्यक्रमहरुलाइ सप्पन्न गर्दै जाने र  आगामी बर्षमा अझै महत्त्वपूर्ण  रोट्रयाक्ट गतिविधिहरु संचालन गर्नुपर्ने र  रोट्रयाक्टमा अझै युवा सहभागी बढाउन सकिनेमा जोड दिनुभएको थियो ।   रोट्रयाक्ट डिस्टिक३२९२ को  आयोजना ,रोट्रयाक्ट क्लब अफ दमकको  आतिथ्यता सगै अन्य ०९ वटा  रोट्रयाक्ट क्लबहरुको सहकार्यमा उक्त  कार्यक्रम भब्यताका साथ  सम्पन्न भएको  बर्ष २४/२५ का रोट्रयाक्ट डिस्टिक मिडिया समन्वय अफिसर आबिस्कार खनालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै