
सुनौलो सम्बादाता
@धनगढी
धनगढी उपमहानगरपालिका-४ को बसपार्कमा आफ्नै घरको तल्लो तलामा सन्दीप स्टोर सञ्चालन गरेर श्रृङ्गार सामानको होलसेल व्यवसायी अग्रवालको बुधबार नवजीवन अस्पतालमा मृत्यु भएको थियो!
आफ्नै छोरासँग अंशबण्डाको विषयमा विवाद भएपछि घरको पाचौं तलाबाट हामफालेका अग्रवालको उपचारका क्रममा मृत्यु भएको थियो ।
प्रहरीका अनुसार काठमाडौं बस्दै आएका जेठा छोरा बुधबार बिहान घर आएका थिए । कान्छा छोरा भने सन्तोषसँगै धनगढीमा बस्थे ।प्रहरी स्रोतका अनुसार अग्रवाल बिहान आफ्नै पसल सन्दीप स्टोरमा काम गरिरहेका थिए । त्यहीँ पुगेर जेठा छोराले अंशबण्डाको विषयमा कुरा उठाएपछि विवाद भएको थियो । त्यसपछि सन्तोषले छोरालाई ‘तिम्रो आमालाई बोलाएर ल्याउँछु पख’ भन्दै पसलबाट माथि गएका थिए !
सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियोमा अग्रवाल घरको छतमा चढेका बेला स्थानीयले त्यसो नगर्न भनेको सुनिन्छ तर उनी कसैको कुरा परवाह नगरी हाम फालेको देखिएको छ ।पसलमा बिल काटिरहनुभएका उहाँ विवादपछि तिम्रो आमालाई बोलाएर ल्याउँछु भनेर घरभित्र प्रवेश गर्नुभएको रहेछ तर एकाएक छत माथिबाट भुइँमा हाम फालेका थिए!अग्रवाललाई परिवारका सदस्य र छिमेकीले नै अस्पताल लगेका थिए ।
अग्रवालको कान्छा छोराको विवाह केही महिना अघिमात्र भएको थियो !
उनको परिवारमा अंशबण्डा सम्बन्धी पहिल्यैदेखि विवाद रहेको समेत पाइएको प्रहरीको भनाइ छ ।प्रहरीले आधिकारिक रुपमा भने घटनाको विस्तृत विवरण सार्वजनिक गरेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले अग्रवालको छतबाट हाम फालेको घटनाबारे अनुसन्धान भइरहेको बताए !
उहाँले बिना कारण घरको छतबाट हाम फाल्ने कुरा हुँदैन तर अहिले परिवारका सबै सदस्यहरु शोकमा भएकाले धेरै कुरा बुझ्न पाइएको छैन’, डीएसपी चन्दले भने, ‘घटनाको कारणबारे आवश्यक सोधपुछ र अनुसन्धान गर्ने काम भइरहेको छ !
