प्रचण्डराज पाण्डे
बुटवल-लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको ११६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कविता प्रतियोगिता सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षतामा मूल समारोह समितका सदस्य तथा अस्पतालका सूचना अधिकारी डा. ज्ञानहरी मरासिनीले गर्नु भएको थियो भने निर्णायक मण्डलमा विभागीय प्रमुख नेपाली शिक्षा स्नाकोत्तर कार्यक्रम,बुटवल बहुमुखी क्याम्पसका प्रोफेसर डा.नारायण प्रसाद पन्थ र वरिष्ठ लेखक तथा साहित्यकार दल बहादुर गुरुङ्गले निर्णायकको भूमिका खेल्नु भएको थियो सो कार्यक्रममा मूल समारोह समितिका सदस्यहरु, विभिन्न उपसमितिका संयोजकहरु, अस्पतालका विभिन्न विभागीय प्रमुखहरु, शाखा प्रमुखहरु तथा विभिन्न शाखाका कर्मचारीहरुको समेत उपस्थित रहेको थियो ।
“हाम्रो अस्पताल, हाम्रो जिम्मेवारी” शीर्षक कवितामा प्रतियोगीको रूपमा समावेश भई प्रथम स्थान सुनिता अर्याल, दोस्रो स्थान, विजय आचार्य र तेस्रो स्थान रुपलाल पन्थीले हासिल गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन साहित्यिक उपसमितिका संयोजक तथा स्वास्थ्य बीमा शाखा प्रमुख दीपेन्द्र पौडेलले गर्नुभएको थियो कार्यक्रमको समापन उक्त कार्यक्रमका अध्यक्ष,मूल समारोह समितका सदस्य तथा अस्पतालका सूचना अधिकारी डा. ज्ञानहरी मरासिनीले गर्नु भएको थियो l
कार्यक्रमको अन्तमा साहित्यिक उपसमितिका संयोजक दीपेन्द्र पौडेलले साहित्यिक उपसमितिका सदस्यहरु जगु ढुङ्गेल,रेसम पौडेल, पिताम्बर भुसाल, सिर्जना पाण्डे तथा आवाज न्यूजका सम्वाददाता डि.बि सुस्लिङ र कार्यक्रममा सक्रिय सहयोग गर्नु हुने सृष्टि गैरे, अनिल पाण्डे, प्रञ्जीला ओली र दिनेश शाह लगायत सबैलाई विशेष धन्यवाद व्यक्त गर्नु भएको थियो ।
