उद्योग व्यापार संघको रक्तदानमा ७९ पिन्ट रगत संकलन ।

बुटवल । बाढी, पहिरो लगायतका प्राकृतिक विपत्तिका कारण रगतको अभाव हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै उद्योग व्यापार संघ बुटवलले आयोजना गरेको रक्तदान कार्यक्रममा ७९ पिन्ट रगत संकलन भएको छ ।रक्त सञ्चार केन्द्र बुटवलमा आयोजित रक्तदान कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य, साधारण सदस्य, सल्लाहकार तथा संघका शुभेच्छुकहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा ७९ जनाले रक्तदान गरेका थिए ।कार्यक्रमको प्रमुख अतिथिका रूपमा उद्योग व्यापार महासंघका केन्द्रीय अध्यक्ष खेमनारायण पराजुलीले उद्घाटन गरेका थिए । रक्तदान कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष पराजुलीले मानवीय सेवाका रूपमा रक्तदानको विशेष महत्व रहेको बताए । प्राकृतिक विपत्तिका समयमा रगतको आवश्यकता अझ बढ्न सक्ने भएकाले समयमै रगत संकलन गरी आवश्यकतामा परेका बिरामीलाई सहयोग पुर्‍याउनु महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

कार्यक्रमको अध्यक्षता गर्दै उद्योग व्यापार संघ बुटवलका अध्यक्ष लोकनाथ पन्थीले संघले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै रक्तदान कार्यक्रम आयोजना गरेको बताए । रगतको अभावमा कसैको उपचार प्रभावित नहोस् र रगत नपाएर कसैले ज्यान गुमाउन नपरोस् भन्ने पवित्र उद्देश्यले कार्यक्रम गरिएको उनले बताए ।रक्तदान कार्यक्रमको संयोजन संघका कार्यसमिति सदस्य केशव पौडेलले गरेका थिए ।

कार्यक्रमबारे जानकारी दिँदै संघका वरिष्ठ उपाध्यक्ष पदम जीसीले संघले सामाजिक उत्तरदायित्वअन्तर्गत मानवीय सेवाका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउँदै आएको बताए ।त्यस्तै, संघका महासचिव विजय आचार्यले स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्न सक्ने बताउँदै हरेक तीन महिनाको अन्तरालमा रक्तदान गर्दा स्वास्थ्यका लागि समेत सकारात्मक हुने बताए ।रक्तदान कार्यक्रममा संघका पदाधिकारी, सदस्य, सल्लाहकार तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो । संकलित ७९ पिन्ट रगतले प्राकृतिक विपत्ति, दुर्घटना तथा अन्य आकस्मिक अवस्थामा आवश्यक पर्ने बिरामीका लागि रगत व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?