बुटवल । आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै बुटवल उपमहानगरपालिकाको मेयर पदका लागि युवा उद्यमी रामप्रसाद बेल्बासेको नाम चर्चामा आउन थालेको छ। व्यावसायिक क्षेत्रमा सक्रिय बेल्बासे लामो समयदेखि सामाजिक तथा पेसागत गतिविधिमा समेत संलग्न रहँदै आएका छन्।बुटवल–३, गोलपार्क निवासी ३६ वर्षीय बेल्बासे सवारीसाधन तथा सम्बन्धित व्यवसायमा सक्रिय युवा उद्यमी हुन्। उनले मलेसियास्थित एसिया प्यासिफिक विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर तहको अध्ययन गरेका छन्।
व्यवसायसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय बेल्बासेले विभिन्न सामाजिक संस्थाको नेतृत्व गरिसकेका छन्। उनी रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनका पूर्वअध्यक्ष तथा लायन्स क्लब अफ बुटवल मेट्रो सिटीका पूर्वअध्यक्ष हुन्। हाल उनी नाडा, लुम्बिनी प्रदेशका महासचिवको जिम्मेवारीमा छन्। यसका अतिरिक्त रोटरी क्लब, पेसागत सङ्गठन तथा अन्य सामाजिक संस्थासँग पनि उनको आबद्धता रहेको छ।सामाजिक संस्थामा नेतृत्व गर्दा गरेका विभिन्न गतिविधि तथा सामाजिक सहभागिताका कारण बेल्बासेको बुटवलमा राम्रो परिचय बनेको उनका निकटस्थहरूको भनाइ छ। युवा उद्यमीका रूपमा व्यावसायिक क्षेत्रसँग जोडिएको अनुभव र सामाजिक क्षेत्रमा देखाएको सक्रियताका कारण उनी बुटवलमा परिचित युवा अनुहारका रूपमा देखिएका छन्।स्थानीयस्तरमा पनि उनको सम्भावित उम्मेदवारीलाई लिएर चर्चा हुन थालेको छ। बेल्बासेलाई बुटवलको नेतृत्वमा देख्न चाहनेहरूको सङ्ख्या बढ्दै गएको उनका समर्थकहरूको दाबी छ। विशेषगरी युवा पुस्ता तथा व्यावसायिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूमाझ उनको सम्भावित उम्मेदवारीबारे चासो देखिएको बताइएको छ। बेल्बासे राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनका महाधिवेशन प्रतिनिधिसमेत रहेका थिए। यस राजनीतिक पृष्ठभूमिका कारण उनको सम्भावित उम्मेदवारीलाई आगामी स्थानीय निर्वाचनको राजनीतिक समीकरणसँग जोडेर पनि हेर्न थालिएको छ।यद्यपि, मेयर पदको उम्मेदवारीका विषयमा सम्बन्धित राजनीतिक दल तथा स्वयं बेल्बासेबाट औपचारिक निर्णय हुन बाँकी छ। आगामी निर्वाचनमा बुटवलको नेतृत्वका लागि कुन–कुन अनुहार मैदानमा उत्रनेछन् भन्ने विषयसँगै युवा पुस्ताबाट आउन सक्ने सम्भावित उम्मेदवारप्रति पनि स्थानीयस्तरमा चासो बढ्दै गएको छ।
बुटवलको मेयरमा युवा उद्यमी रामप्रसाद बेल्बासेको चर्चा ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
