बुटवल सेन्ट्रल लियो तथा लायन्स क्लबद्वारा विद्यालय पोशाक वितरण ।

बुटवल, १९ सेप्टेम्बर। लियो क्लब अफ बुटवल सेन्ट्रल र लायन्स क्लब अफ बुटवल सेन्ट्रलको संयुक्त आयोजनामा छत्रदेव–१, चिदिका (अर्घाखाँची) स्थित चन्द्र माध्यमिक विद्यालयमा मानवीय तथा युवा लक्षित कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा १०० भन्दा बढी विद्यार्थीलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको हो।कार्यक्रमको अध्यक्षता लियो क्लब अफ बुटवल सेन्ट्रलका अध्यक्ष लियो–लायन केशव पौडेलले गर्नुभयो। प्रमुख अतिथिको रूपमा लायन्स डिस्ट्रीक ३२५ पि का DAT Co-Chief Advisor तथा बुटवल सेन्ट्रल लायन्स क्लबका पूर्व अध्यक्ष लायन विष्णु कुँवर उपस्थित हुनुहुन्थ्यो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष रीता पन्थी, वडा सदस्य हरि प्रसाद पाण्डे, प्रधानाध्यापक शंकर प्रसाद भट्टराई, शिक्षक अभिभावक संघका अध्यक्ष अमृता बेलबासे, लियो जिल्ला परिषद् ३२५ पि का पदाधिकारी, लियो क्लबका पूर्व अध्यक्ष तथा पदाधिकारी, शिक्षकगण, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।विशिष्ट अतिथि प्रधानाध्यापक भट्टराईले क्लबको सहयोगको प्रशंसा गर्दै विद्यालयलाई निरन्तर सहयोगको आवश्यकता रहेको औंल्याउनुभयो। स्थानीय सरकारको प्रतिनिधिको रूपमा वडा सदस्य पाण्डेले सरकार सदैव क्लबहरूसँग हातेमालो गर्न तत्पर रहेको र यस्ता सहयोगले अन्य सहयोगी हातहरू पनि अगाडि आउने विश्वास व्यक्त गर्नुभयो। व्यवस्थापन समिति अध्यक्ष पन्थीले बुटवलबाट आएर सहयोग गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत निरन्तर सहयोगको अपेक्षा गर्नुभयो।प्रमुख अतिथि कुँवरले १२ देखि ३० वर्षसम्मका युवाहरू लियो क्लबको माध्यमबाट नेतृत्व विकास, फेलोसिप, अनुभव र सामाजिक सेवाप्रति प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले २०१५ मा लायन्स बुटवल सेन्ट्रलको स्पोन्सरमा गठन भएको लियो बुटवल सेन्ट्रलले विगतमा लायन्स क्लबसङ्गको सहकार्यमा वृक्षारोपण, वातावरण संरक्षण, आँखा शिविर, रक्तदान, पिस पोस्टर  प्रतियोगिता तथा हालैको बाढी पीडितका लागि १ लाखभन्दा बढी आर्थिक सहयोगजस्ता उल्लेखनीय कार्य सम्पन्न गरेको जानकारी दिनुभयो। विद्यालय परिवार, लियो डिस्ट्रीक पदाधिकारी, लियो बुटवल सेन्ट्रल तथा लायन्स बुटवल सेन्ट्रलका पदाधिकारीहरूको निरन्तर सहयोग र शुभेच्छाका लागि उहाँले आभार व्यक्त गर्नुभयो।

यस अवसरमा बोल्ने वक्ताहरूले विशेष गरी न्यून आय भएका विद्यार्थीलाई विद्यालय पोशाक सहयोगले ठूलो महत्व राख्ने कुरामा जोड दिए। विद्यालय पोशाकले विद्यार्थीलाई अनुशासनमा राख्ने मात्र होइन, अध्ययनमा निरन्तरता कायम राख्न प्रेरणा दिने, अभिभावकलाई आर्थिक राहत पुर्‍याउने तथा शैक्षिक समानता कायम राख्न सहयोग गर्ने विश्वास व्यक्त गरियो। कार्यक्रमको लियो क्लबका पूर्व अध्यक्ष लियो–लायन हिमाल खनालले सञ्चालन गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?