रोट्रयाक्ट क्लब अफ बुटवल चौतारीद्वारा शैक्षिक सामग्री र न्यानो कपडा वितरण ।

रोट्रयाक्ट क्लब अफ बुटवल चौतारीको आयोजनामा पाल्पा जिल्लाको रैनादेवी छहरा–१ स्थित श्री मग्रान देवी प्राथमिक विद्यालयमा झोला, शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम रोट्रयाक्ट क्लब अफ बुटवल चौतारीका अध्यक्ष युवराज आर्यालको अध्यक्षतामा सम्पन्न भयो।उक्त विद्यालयमा अध्ययनरत सबै ५४ जना विद्यार्थीहरूलाई झोला, कापी, पेन्सिल, इरेजर, शार्पनर, ज्यामिती बक्स तथा ट्र्याकसुट लगायतका शैक्षिक सामग्री वितरण गरिएको थियो। चिसो मौसम तथा विद्यार्थीहरूको शैक्षिक आवश्यकतालाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा बोल्दै अध्यक्ष युवराज आर्यालले यस्ता सेवामूलक परियोजनाहरू विद्यार्थीहरूको अध्ययनमा सहयोगी हुने र समुदायमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो। उहाँले उक्त परियोजना अत्यन्तै लाभदायी रहेको उल्लेख गर्दै आगामी दिनहरूमा पनि यस्तै प्रभावकारी सामाजिक कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। विद्यालय प्रशासन, अभिभावक तथा स्थानीय समुदायले विद्यार्थीहरूको हितका लागि गरिएको यस पहलप्रति रोटरयाक्ट क्लब अफ बुटवल चौतारीलाई धन्यवाद ज्ञापन गरेका छन्। कार्यक्रम सेवाभाव, सहकार्य र सामुदायिक एकताका साथ सफलतापूर्वक सम्पन्न भएको थियो।कार्यक्रममा रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का एडीआरआर तथा क्लबका पूर्वअध्यक्ष लक्ष्मण श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै