नेप्लीज युथ ग्रुप अफ युएइको प्रथम कार्यसमिति गठन एवं शुभकामना आदानप्रदान कार्यक्रम दुबईमा सम्पन्न

लीलामणी पोखरेल
काठमाडौ
एजेन्सी” नेपालका विभिन्न स्थानहरूबाट रोजगारको सिलसिलामा युएई पुगेका सम्पूर्ण युवा साथीहरूको एकता र अपनत्वलाई कायम राख्न उदेश्य हेतु नेप्लीस युथ ग्रुप अफ युएइको प्रथम कार्यसमिति चयन साथै नयाँ वर्ष 2026 को शुभकामना आदाप्रदान कार्यक्रम सहित युएई गठन गरिएको छ।
नवनिर्वाचित कार्यसमितिकी उपाध्यक्ष श्री सिर्जना पोखरेलले सुनौलो न्युज डट कमलाई दिएको जानकारी अनुसार अनुसार तारानाथ बराल संरक्षक रहनेगरी संस्थाका अध्यक्ष श्री सन्देश सुवेदी ज्यूको ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ!
“तपशिलमा”
श्री तारानाथ बराल — संरक्षक
श्री सन्देश सुवेदी — अध्यक्ष
श्रीमती सिर्जना पोख्रेल — उपाध्यक्ष
श्री अशोक खत्री — महासचिव
श्री तुलसी रेग्मी — सचिव
श्री सुबास जिसी — कोषाध्यक्ष
श्री राम प्रसाद भुसाल — उपमहासचिव
श्रीमती सरु रेग्मी — प्रवक्ता
श्री कृष्ण न्यौपाने — वरिष्ठ सल्लाहकार
श्रीमती चन्द्रा चापागाईं — सदस्य
श्रीमती कमला पाण्डे — सदस्य
आदरणीय श्री तारानाथ बराल ज्यूको प्रमुख आतिथ्यतामा
कार्यक्रम भव्य रूपमा सम्पन्न भयो।
कार्यक्रमको सञ्चालन
श्री रामु भुसालले गर्नु भएको थियो।

१) प्रमुख अतिथिबाट कार्यसमितिका पदाधिकारीहरूको नाम तथा पदको औपचारिक घोषणा साथै दीप प्रज्वलन गरियो।
२) श्रीमती सिर्जना पोख्रेल ज्यूबाट स्वागत मन्तव्य प्रस्तुत गरियो।
३) प्रमुख अतिथिबाट संस्थाको उद्देश्य र भावी योजनासम्बन्धी मार्गदर्शनात्मक मन्तव्य राखियो।
४) सचिव श्रीमती तुलसी रेग्मी ज्यूबाट विधान प्रस्तुत गरियो।
५) हिन्दु जागरण शाखा यूएईका अध्यक्ष तथा महासचिवबाट मन्तव्य प्रस्तुत गरियो।
६) सितगङ्गा सम्पर्क समितिका अध्यक्ष तथा गौ संरक्षण यूएईका अध्यक्षज्यूबाट पनि मन्तव्य प्रस्तुत गरियो।
७) कोषाध्यक्षबाट संस्थामा प्राप्त सहयोग तथा दानको आय–व्यय विवरण प्रस्तुत गरियो।
८) अन्त्यमा संस्थाका अध्यक्षबाट समापन मन्तव्य राखी कार्यक्रम औपचारिक रूपमा समापन गरियो।
३. आज भएका औपचारिक निर्णयहरू
आजको कार्यक्रममा सर्वसम्मत रूपमा निम्न निर्णयहरू गरियोः
निर्णय नं. १ — साधारण सदस्यता खुला गर्ने
संस्थाको साधारण सदस्यता सबैका लागि खुला गर्ने निर्णय गरियो।
सदस्यता शुल्क (लेभी) ६० दिराम तोकियो।
निर्णय नं. २ — कार्यसमितिलाई कार्यान्वयन अधिकार
संस्थाको हितमा आवश्यक प्रशासनिक तथा संगठनात्मक निर्णय लिन
कार्यसमितिलाई पूर्ण अधिकार प्रदान गर्ने निर्णय गरियो।
निर्णय नं. ३ — आगामी कार्यक्रमहरूको योजना
वर्ष 2026 भित्र युवामैत्री सामाजिक, सांस्कृतिक तथा शैक्षिक कार्यक्रम
आयोजना गर्ने योजना स्वीकृत गरियो।
४. निष्कर्ष
उपरोक्त कार्यवृत्तमा उल्लेखित कार्यक्रम
शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भई
संस्थाको संगठनात्मक संरचना सुदृढ बनाउने दिशामा
महत्वपूर्ण उपलब्धि हासिल भएको निष्कर्ष निकालियो।
यस कार्यक्रममा सक्रिय सदस्यहरूको उपस्थिति ६० जना रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै