न्यायको लागि जनता माझ जाँदै रायमाझी

लीलामणी पोखरेल
काठमाडौ
भुटानी शरणार्थी बहुचर्चित मुद्दामा थुनामा रहेका पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी ले अदालतको अन्तिम फैसला नआउँदै न्यायको खोजीमा जनता माझ जाने निर्णय गरेका छन्।
रायमाझी अर्घाखाँची जिल्लाबाट २०६४ देखि २०७९ सम्म चार पटक निर्वाचित सांसद हुन्। लामो राजनीतिक यात्रामा उनले पटक–पटक जनताको विश्वास जित्दै संसदमा प्रतिनिधित्व गरिसकेका छन्।
हाल उनीमाथि लागेको फौजदारी मुद्दा करिब तीन वर्षदेखि अदालतमा विचाराधीन अवस्थामा रहेको छ। अहिलेसम्म कुनै अन्तिम फैसला नआएकाले कानुनतः उनी दोषी ठहर भइसकेका छैनन्। यही आधारमा उनले जनताको अदालत अर्थात् जनमतमा जाने बाटो रोजेको पारिवारिक स्रोतले जनाएको छ।
पार्टीले टिकट दिएमा पार्टीकै तर्फबाट र टिकट नदिएमा स्वतन्त्र उम्मेदवारका रूपमा जेलबाटै चुनाव लड्ने तयारी रहेको बताइएको छ। उनी हाल नेकपा एमाले का पुर्ब केन्द्रिय सचिब र सोही पाटी बाट अर्घाखाँची जिल्ला 2079 को प्रतिनिधि सभा चुनाबमा निर्बाचित सासद हुन उनी थुनामा परेपछी अर्घाखाँची प्रतिनिधि सभा सासद बिहिन भएको छ “राजनीति पदको लागि होइन, न्याय र सत्यको लागि हो” भन्ने उनको अडान रहेको परिवारजनको भनाइ छ।
लामो समयसम्म थुनामा रहँदा पनि मुद्दाको टुंगो नलाग्नुले न्यायिक ढिलाइप्रति गम्भीर प्रश्न उठाएको छ। यसैबीच, रायमाझीको निर्णयले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ।
अब पार्टीको निर्णय र अदालतको अन्तिम फैसलाले उनको आगामी राजनीतिक यात्राको दिशा तय गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै