नेपाल अभिनाश अनाथ आश्रममा ‘प्रोजेक्ट मुस्कान’ स्वास्थ्य शिविर सम्पन्न ।

रुपन्देही,

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल रुपन्देहीको आयोजनामा नेपाल अभिनाश अनाथ आश्रममा ‘प्रोजेक्ट मुस्कान’ अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। अनाथ बालबालिकालाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त शिविरमा देवदह मेडिकल कलेजको प्राविधिक तथा चिकित्सकीय सहयोग रहेको थियो।

स्वास्थ्य शिविरका प्रमुख अतिथिका रूपमा चर्चित छाला रोग विशेषज्ञ डा. विक्रम ज्ञवालीज्यूको गरिमामय उपस्थिति रहेको थियो भने रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष रोटेरियन पूर्ण ज्ञवालीज्यू विशेष अतिथिका रूपमा सहभागी हुनु भएको थियो।कार्यक्रममा डा. आबिष्कार पराजुली, डा. दिपिम गौतम, देवदह मेडिकल कलेजका चिकित्सक टोली तथा कलेजका प्रतिनिधिहरू सरस्वती देवकोटा र हिरालाल धामीको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता रोट्रयाक्ट क्लब अफ सेन्ट्रल रुपन्देहीका अध्यक्ष विजय अधिकारीले गर्नुभएको थियो भने कार्यक्रम संयोजकको भूमिकामा रोट्रयाक्ट युकेशमान ज्ञवाली रहनुभएको थियो। रोट्रयाक्ट सदस्यहरू, चिकित्सक टोली तथा स्वयंसेवकहरूको सक्रिय सहभागितामा स्वास्थ्य शिविर प्रभावकारी रूपमा सञ्चालन गरिएको थियो।प्रमुख अतिथि डा. विक्रम ज्ञवालीज्यूले मन्तव्यका क्रममा अनाथ आश्रममा आश्रित बालबालिकाका जलन (Burn) का दागहरूको उपचारका लागि विशेष सहुलियत प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुका साथै आवश्यक परेमा भविष्यमा समेत निरन्तर चिकित्सकीय सेवा उपलब्ध गराउने वाचा गर्नुभएको थियो। उहाँको उक्त प्रतिबद्धतालाई कार्यक्रममा उपस्थित सबैले अत्यन्तै सकारात्मक रूपमा स्वागत गरेका थिए।रोट्रयाक्ट क्लब अफ सेन्ट्रल रुपन्देहीले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउनु हुने देवदह मेडिकल कलेज, चिकित्सकज्यूहरू, अतिथिज्यूहरू, स्वयंसेवकहरू तथा सम्पूर्ण सहयोगी महानुभावहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै