स्वर्गीय रोट्रयाक्टर सुमित प्रसाद कसौधन स्मृति बास्केटबल प्रतियोगिता भव्य रूपमा सम्पन्न ।

बुटवल,
रोट्रयाक्ट क्लब अफ क्षितिज इन्टरनेशनल कलेजको आयोजनामा सम्पन्न भएको “स्वर्गीय रोट्रयाक्टर सुमित प्रसाद स्मृति बास्केटबल प्रतियोगिता” होराइजन कलेजको बास्केटबल खेलमैदानमा भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ।उक्त प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा राइटपाथ करियर काउन्सेलिङ रहेको थियो भने कार्यक्रमलाई क्षितिज इन्टरनेशनल कलेज, न्यू होराइजन कलेज, बोहोरा फर्निचर, आर. एल. प्रिन्टिङ प्रेस, हाइल्यान्ड, एजु कन्सल्टेन्सी, इथर तथा जी.आई.इ.सी. ले सहयोग गरेका थिए।क्लबका पूर्व अध्यक्ष तथा समाजसेवी स्वर्गीय सुमित प्रसादको स्मृतिमा आयोजना गरिएको यस प्रतियोगिताको उद्देश्य युवाहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्नु, नेतृत्व क्षमताको विकास गर्नु तथा सकारात्मक खेल भावना प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ।कार्यक्रमको अध्यक्षता रोट्रयाक्ट क्लब अफ क्षितिज इन्टरनेशनल कलेजकी अध्यक्ष रोट्रयाक्टर एलिशा खनालले गर्नुभएको थियो। कार्यक्रममा क्षितिज इन्टरनेशनल कलेजका संयोजक निरज लाकोल सर , पूर्व रोट्रयाक्ट जिल्ला प्रतिनिधि, निर्वाचित रोट्रयाक्ट जिल्ला प्रतिनिधि, विभिन्न रोट्रयाक्ट जिल्ला सदस्यहरू, विशिष्ट अतिथिहरू तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतियोगितामा बुटवल साउथ टोलीले उत्कृष्ट प्रदर्शन गर्दै केटातर्फ तथा केटीतर्फ दुवै विधामा उपाधि जित्न सफल भएको थियो। साथै प्रतियोगितामार्फत केटातर्फ रु. १३,००० र केटीतर्फ रु. ५,५५५ रकम संकलन गर्न सफल भएको आयोजकले जानकारी दिएको छ।प्रतियोगितास्थलमा कार्यक्रमको उद्देश्य तथा प्रायोजकहरूको विवरण समेटिएका स्पष्ट र व्यवस्थित ब्यानरहरू राखिएका थिए, जसले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।रोट्रयाक्ट क्लब अफ क्षितिज इन्टरनेशनल कलेजले स्वर्गीय सुमित प्रसादको योगदानलाई स्मरण गर्दै आगामी दिनहरूमा पनि यस्ता खेलकुद तथा समाजमुखी कार्यक्रमहरू निरन्तर रूपमा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै