लायन्स क्लव अफ बुटवल क्षितिज तथा बडिगाड गाउँपालिकाद्धारा संयुक्त रुपमा बृहत स्वास्थ सिविर सम्पन्न ।

लायन्स क्लव अफ बुटवल क्षितिज तथा बडिगाड गाउँपालिकाको संयुक्त आयोजनामा बाग्लुङ जिल्लाको बडिगाड गाउँपालीका वडा नं. ०५ स्थित बडिगाड आधारभूत अस्पताल मिति २०८२ साल मंसिर २७ गते शनिवारको दिन बृहद स्वास्थ सिविर सम्पन्न गरेकोछ ।
शिविरमा लुम्विनी प्रादेशिक अस्पताल तथा मायादेवी व्रेष्ट क्यान्सर सेन्टर, बुटवलका वरिष्ठ स्तन क्यान्सर शल्य चिकित्सक डा. सञ्जय पाण्डे, श्रीषा डेन्टल केयर, बुटवलका दन्त चिकित्सक डा. श्रीप्रसाद खरेल, देवदह मेडिकल कलेजका आवासिय मनोचिकित्सक डा. उज्जवल चौलागाई, पाल्पा जिल्ला अस्पतालका मेडिकल अफिसर डा. अरुण ज्ञव़ाली शर्मा, बडिगाड आधारभूत अस्पताल प्रमुख डा. एलिजा अर्याल, सिप्लाका पि.एफ.टी. टेक्निसियन श्री सुरज पौडेल, युजन फार्मेसिका संचालक लायन ध्रुव कुमार शर्मा तथा टेक्निसियन जानकी चौधरी र श्रीषा डेन्टल केयर, बुटवलका डेन्टल असिस्टेन्स सृजना गलामीको टिमले ४४७ जना विरामिहरुलाई आवश्यकता अनुसार स्तन क्यान्सर, मनरोग तथा नसा, जनरल स्वास्थ, फोक्सोको जाच र दाँत सम्बन्धी चेकजाँच तथा परामर्स सेवा प्रदान गर्नुका साथै करिव रु. १५ लाख बराबरको विभिन्न औषधीहरु बिरामीहरुलाई निःशुल्क प्रदान गरिएको थियो । जसमध्ये स्तन क्यान्सर पारामर्स ८० जना, १०४ जना दाँत चेक मध्ये ६० जनाको दात निकाल्ने कार्य भएको थियो


कार्यक्रमका अध्यक्ष तथा लायन्स क्लव अफ बुटवल क्षितिजको अध्यक्ष एमजेएफ लायन डा. श्री प्रसाद खरेल, प्रमुख अतिथी बडिगाड गाउँपालीकाकी अध्यक्ष श्री गण्डकी थापा अधिकारी, आधारभुत अस्पताल प्रमुख डा. एलिजा अर्याल तथा कार्यक्रम संयोजक लायन्स क्लव अफ बुटवल क्षितिजको पूर्वअध्यक्ष लायन ध्रुव कुमार शर्माले कार्यक्रमको महत्ववारे जानकारी दिनुभएको थियो । साथै, गाउँपालीका उपाध्यक्ष श्री भिमसेन बन, वडा नं. ५ का वडा अध्यक्ष बिस्नु प्रसाद आचार्य, श्री भानु मा.वि.को प्र.अ. केशव खरेल, रेडक्रस सोसाईटी ग्वालीचौर उपशाखा प्रमुख कृष्ण बहादुर घिमिरेले शुभकामना प्रदान गर्नु भएको थियो ।
अन्य अतिथिहरुमा लायन्स ईन्टरनेशल डिष्ट्रिक ३२५ पीको डिस्ट्रिक एडभाईजर लायन शंकर पाण्डे, रिजन चियरपर्सन लायन लोकेन्द्र लिम्बु, गाउँपालिकाको स्वास्थ शाखा प्रमुख श्री विपेन्द्र प्रताप के.सी., रेडक्रस सोसाईटी ग्वालीचौर उपशाखा सचिव सागर खरेल, लायन्स क्लब अफ बुटवल क्षितिजका 2nd VP लायन गुप्त पुन, लायन सुपुस्प भट्टराई, लायन रमेश न्यौपाने,लायन मुक्ति पौडेल लगायत मेम्बरहरु रहनु भएको थियो उक्त कार्यक्रममा सर्बसाधारणहरुको उत्शाह जनक उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै