फेरि अर्को देशमा सत्ता कब्जा: पश्चिम अफ्रिकी देश बेनिनमा सैन्य “कु” राष्ट्रपतिलाई अपदस्त पारी संविधान विघटन

लिलामणी पोखरेल
काठमाडौं
एजेन्सी, पश्चिम अफ्रिकी देश बेनिनको एक सैन्य गुटले राष्ट्रिय टिभीमा राष्ट्रपति प्याट्रिस ट्यालोनलाई अपदस्थ गरेर सत्ता कब्जा गरेको घोषणा गरेको छ।

बेनिनस्थित फ्रान्सेली दूतावासबाट प्राप्त सन्देशमा बेनिन शहर कोटोनोउमा रहेको राष्ट्रपति निवास नजिकै गोली चलेको रिपोर्ट आएको उल्लेख छ।

सैनिकहरूले संविधान निलम्बन गर्ने र देशको सबै भूमि सीमानाका साथै हवाई क्षेत्र बन्द गर्ने घोषणा गरेका छन्।

तर राष्ट्रपतिका नजिकका अधिकारीहरूले उनी ठीक रहेको र टिभी स्टेशनमा सैनिकहरूको सानो समूह रहेको बताएका छन् जसलाई बाँकी सेनाको समर्थन छैन।

“स्थिति नियन्त्रणमा छ। सेनाको ठूलो हिस्सा अझै पनि वफादार छ र हामी परिस्थितिलाई नियन्त्रणमा लिइरहेका छौं,” बेनिनका विदेशमन्त्री सेगुन अदजादी बाकारीले रोयटर्सलाई भने।

“यो मानिसहरूको सानो समूह हो जसले केवल टेलिभिजन नियन्त्रण गर्दछ। शहर र देश पूर्ण रूपमा सुरक्षित छ,” राष्ट्रपति दरबारका एक नाम नखुलाउने व्यक्तिले एएफपीलाई भने।

सैनिकहरूले जारी गरेको विज्ञप्ति अनुसार लेफ्टिनेन्ट कर्नल टिग्री पास्कलले उनीहरूको सैन्य परिषद्को नेतृत्व गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै