नेपाल हृदयरोग निवारण प्रतिष्ठान अर्घाखाँची द्वारा दुई विद्यालयका २४०० विद्यार्थीहरूलाई निःशुल्क मुटु परीक्षण

लीलामणी पोखरेल

अर्घाखाँची, नेपाल हृदयरोग निवारण प्रतिष्ठानद्वारा अर्घाखाँची जिल्लाको सदरमुकाम रहेको सन्धिखर्क नगरपालिका वडा नम्बर २ मा रहेको ग्रीन इङ्लिस बोर्डिङ स्कुलका १३५० भन्दा बढी विद्यार्थी र स्टाफहरूलाई २०८२/०८/२० गते एकै दिन निःशुल्क मुटु रोग परीक्षण गरिएको छ। त्यस्तै यस परोपकारी सस्थाले २१ गते सन्धिखर्क नगरपालिका वडा नम्बर १ मा रहेको गौरीशंकर इङ्लिस बोर्डिङ स्कुलका करिब ११०० विद्यार्थी र शिक्षक स्टाफहरूलाई समेत मुटु परीक्षण गरिएको हो। मुटु मानव शरीरमा रहेको यो अभिन्न एवम् महत्त्वपूर्ण अङ्ग मानिन्छ” सुनौलो भविष्यको खोजीमा रहेका कलिलो उमेरका बालबालिकाहरूको समयमै मुटु परीक्षण गरीयो भने यसले उनको भविष्यमा ठूै सकारात्मक प्रभाव पार्ने आँकलन गरि यस्तो अभियान चलाउने अवधारणा लिएको थियो।

त्यसैले मुटुरोग परीक्षण अभियानमा सामिल भएका सम्पूर्ण आफ्नो भविष्यको नौलो किरणको आशामा रहेका विद्यार्थी भाइबहिनीहरू प्रत्यक्ष लामो विद भएको र आफू पनि सम्पन्न भइसकेका अभियानबाट प्रफुल्लित रहेको हृदयरोग निवारण प्रतिष्ठान अर्घाखाँचीका अध्यक्ष कृष्ण भुसालज्यूले बताउनु भयो।

साथै यस नेपाल हृदयरोग निवारण प्रतिष्ठान अर्घाखाँचीले जिल्लाका कैयौँ स्थानहरूमा यस्ता निःशुल्क स्वास्थ्य परीक्षणका कार्यक्रमहरू चलाउँदै आएको सर्वविविदै छ।
यस प्रतिष्ठानका अध्यक्ष रहेका कृष्ण भुसाल निकै सक्रिय एवं समाजसेवामा जहिले पनि अग्रणी भूमिकामा रहिरहने गर्छन्। भुसालका अनुसार सन्धिखर्क नगरपालिका १ र २ मा रहेका यी दुई विद्यालयका विद्यार्थीहरूलाई निःशुल्क मुटुरोग परीक्षण आफूले सोचे र चाहे अनुसारको भएको बताएका छन्। यस संस्थाले चलाएको दुई दिने निःशुल्क मुटुरोग परीक्षणमा डाक्टर सुमन्त्र बन्जाडेले परीक्षण गर्नुभएको थियो।
यो अभियान निरन्तर जारी रहनेछ भुसालले भने: हाम्रो प्रतिष्ठानको अभियानमा शिव बेलबासे गणेश क्षेत्री र श्रीकृष्ण ज्यूले आफ्नो तर्फबाट गर्नुभएको सहयोग र समन्वयको लागि धन्यवाद समेत ज्ञापन गर्दै उन्ले भने भोलि अर्थात् यसै महिनाको २२ गते सन्धिखर्क नगरपालिकामै रहेको मदरल्यान्ड स्कुल र प्रसिद्ध २३ गते अर्घाखाँची उच्च आवासीय विद्यालयमा निःशुल्क मुटु परीक्षण अभियान सञ्चालन हुनेछ।
यस दौरान सम्बन्धित विद्यालयका व्यवस्थापन समिती शिक्षक स्टाफ र कर्मचारीहरूलाई पूर्व जानकारी गराइएको छ। अबस्य यस पवित्र अभियान सफल बनाउन सहयोग र समन्वयको लागि समेत आफु विश्वस्त रहेको सुनौलो न्युज डटकमलाई जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै