बुटवल, मंसिर
रोट्र्याक्ट डिस्ट्रिक्ट ३२९२ को आयोजनामा “नेसनवाइड १२औँ लेट रो.सचिन मेमोरियल रक्तदान कार्यक्रम” बुटवल–०७ हिल पार्कमा भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम जोन १८ अन्तर्गत रोट्र्याक्ट क्लब अफ बुटवल डाउन टाउन, रोट्र्याक्ट क्लब अफ तिनाउ बुटवल, रोट्र्याक्ट क्लब अफ सेन्ट्रल रुपन्देही तथा रोट्र्याक्ट क्लब अफ तिनाउ सिटीले संयुक्त रूपमा गरेका थिए। कार्यक्रममा रोटरी क्लब अफ बुटवल डाउन टाउनको सहकार्य तथा रक्तसञ्चार सेवा केन्द्र, बुटवलको प्राविधिक सहयोग रहेको थियो।

शुक्रबार बिहान ७:१५ बजे सुरु गरिएको कार्यक्रममा रोट्र्याक्ट क्लब अफ बुटवल डाउन टाउनका अध्यक्ष रोट्र्याक्टर आबिष्कार खनालले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्य प्रकाश पारेका थिए। अध्यक्ष खनालसँगै रोट्र्याक्टर बबिता कोईराला (अध्यक्ष तिनाउ बुटवल) र रोट्र्याक्टर बिजय अधिकारी (अध्यक्ष सेन्ट्रल रुपन्देही) ले संयुक्त अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो।कार्यक्रमका प्रमुख अतिथि आईपीडिआरआर रोट्र्याक्टर बिक्रम क्षेत्री रहेका थिए भने विशिष्ट अतिथिमा रोटरी डाउन टाउनका अध्यक्ष रोटेरियन बाबुराम बन्जाडे उपस्थिति रहेको थियो।त्यसैगरी अन्य सम्मानित अतिथिहरूमा एडिआरआर लक्ष्मण श्रेष्ठ बुटवल डाउन टाउनका पूर्वअध्यक्षहरु रोटेरियन विमलराज भट्टराई, रोटेरियन जीवनप्रसाद अधिकारी, अध्यक्ष–निर्वाचित रोटेरियन धर्मदत्त ज्ञवाली, रोट्र्याक्ट डिस्ट्रिक्ट आधिकारीहरू रोट्र्याक्टर प्रकाश खनाल, रोट्र्याक्टर राजु प्रसाद भुर्तेल, रोट्र्याक्टर दिल्लीराज ढकाल, रोट्र्याक्टर युकेशमान ज्ञवाली, साथै आयोजनामा संलग्न चारै क्लबका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति थियो।दीप बोर्डिङ स्कुलका शिक्षक अमर खत्री तथा विद्यार्थीहरूको सहभागिताले कार्यक्रमलाई अझ सशक्त बनाएको आयोजकले जनाएका छन्।कार्यक्रम संयोजक रोट्र्याक्टर तिलक अधिकारीका अनुसार रक्तदानलाई “जीवनदायिनी पुण्यकार्य”का रूपमा स्थापित गर्ने उद्देश्यसहित आयोजना गरिएको यो अभियानमा उल्लेख्य संख्यामा दाताहरूले स्वेच्छिक रक्तदान गरेका थिए भने ३० युनीट रगत सन्कलन भएको थियो ।
रक्तदान कार्यक्रममार्फत संकलित रगतले बुटवल तथा आसपासका क्षेत्रमा उपचाररत बिरामीहरूलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।
