रोट्र्याक्ट डिष्ट्रिक्ट ३२९२ को आयोजना र रोट्र्याक्ट क्लब अफ बिरगंजको आतिथ्यतामा “प्रथम अध्यक्ष–सचिव भेला” (पिएस मिट ) भव्य रूपमा सम्पन्न ।

बिरगंज,

रोट्र्याक्ट डिष्ट्रिक्ट ३२९२ को आयोजना र रोट्र्याक्ट क्लब अफ बिरगंजको आतिथ्यतामा क्लबको ३५ वर्षे गौरवमय यात्रापछि पहिलो पटक डिष्ट्रिक्ट कार्यक्रम होस्ट को रुपमा वर्षको २०२५/२६ को “प्रथम अध्यक्ष–सचिव भेला” (पिएस मिट ) बिरगंज महानगरपालिकामा भव्य रूपमा सम्पन्न भएको छ। सन् १९९१ मार्च १३ मा रोट्र्याक्टर गोपाल खण्डेलवालको अध्यक्षतामा स्थापना भएको रोट्र्याक्ट क्लब अफ बिरगंज नेपालकै पहिलो रोट्र्याक्ट क्लब हो, जसले सामाजिक उत्तरदायित्व, नवीन सोच र प्रभावकारी परियोजनाहरूका माध्यमबाट देशभरकै अग्रणी र प्रेरणादायी क्लबको रूपमा पहिचान बनाएको छ। यही गौरवशाली यात्राको ३५ वर्ष पूरा भएको अवसरमा पहिलो पटक आयोजना गरिएको यो अध्यक्ष–सचिव भेला रोट्र्याक्ट अभियानको इतिहासमा नयाँ  कोषेढुङ्गाको रूपमा स्थापित भएको हो।

कार्तिक २२ गते शनिबार होटल विशुवा, बिरगंजमा सम्पन्न उक्त भेलामा देशभरका करिब ४२५ जना रोट्र्याक्टरहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। भेलाले रोट्र्याक्टरबीचको सहकार्य, नेतृत्व विकास र मित्रताको सम्बन्धलाई अझ सुदृढ बनाउँदै “सेवामार्फत सहकार्य” (Fellowship Through Service) को भावना व्यवहारिक रूपमा प्रस्तुत गर्‍यो। सहभागीहरूले बिहानको खाजादेखि रात्री भोजसम्म बिरगंजको आतिथ्य र स्थानीय स्वादको विशेष अनुभव लिएका थिए।कार्यक्रममा प्रमुख अतिथि को रुपमा बिरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह रहेका थिए भने कार्यक्रमको अध्यक्ष रोट्र्याक्टर विवेक कुमार पटेल थिए। त्यसैगरी डिआरआर  दिनेश गैरे, निवर्तमान डिआरआर बिक्रम क्षेत्री,  पूर्व डिआरआर रोशन कार्की, रोटरी क्लब अफ बिरगंजका निर्वाचित अध्यक्ष  राकेश मिश्र, रोटरी क्लब अफ बिरगंज मेट्रोपोलिसका अध्यक्ष रोटेरियन संजय जोशी, जे ड आर आर  सौरभ बरनवाल लगायत विशिष्ट अतिथिहरूको उपस्थितिले कार्यक्रमलाई अझ भव्य र स्मरणीय बनाएको थियो।

कार्यक्रमका संयोजक डिआरआर एड आयुष गुप्ताको कुशल नेतृत्व, योजनात्मक सोच र उत्कृष्ट व्यवस्थापनका कारण कार्यक्रम अत्यन्त सफल, अनुकरणीय र प्रेरणादायी रूपमा सम्पन्न हुनसक्यो। समापन सत्रमा र आयुष गुप्ताले सबैको तर्फबाट धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको औपचारिक समापन घोषणा गरे।रोट्र्याक्ट डिष्ट्रिक्ट ३२९२ को आयोजना र  रोट्र्याक्ट क्लब अफ बिरगंजको आतिथ्यतामा सम्पन्न वर्षको २०२५/२६  को  “प्रथम अध्यक्ष–सचिव भेला” (पिएस मिट )केवल एउटा कार्यक्रम मात्र नभई रोट्र्याक्ट क्लब अफ बिरगंजको ३५ वर्षे सेवा, एकता र समर्पणको ऐतिहासिक प्रतीकका रूपमा सदैव स्मरणीय रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै