लायन्स क्लब अफ जनकपुर मिथिला सिटीको सहकार्य र नेपाल युवा नेतृत्व विकास केन्द्रको आयोजनामा अध्यक्ष रिजवान बढईको अध्यक्षतामा कटहरिया नगरपालिका वडा नं. ५ स्थित श्री माध्यमिक विद्यालय बगहीमा मानसिक स्वास्थ्य र आत्महत्या रोकथामसम्बन्धी एकदिने आधारभूत तालिम सम्पन्न भएको छ। उक्त तालिममा कक्षा ६, ७, ८, ९ र १० मा अध्ययनरत २५० जना विद्यार्थी सहभागी भएका थिए।यसैगरी, कटहरिया नगरपालिका वडा नं. २ स्थित श्री माध्यमिक विद्यालय जमुनियामा पनि मानसिक स्वास्थ्य तथा लागुऔषध दुरुपयोग विरुद्ध सम्बन्धी एकदिने तालिम सम्पन्न गरिएको थियो। सो तालिममा सोही कक्षाका १५० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा मानसिक स्वास्थ्यप्रति जागरूकता बढाउने, आत्महत्या रोकथामका उपायहरूबारे जानकारी प्रदान गर्ने तथा लागुऔषध प्रयोगका जोखिम र त्यसबाट बच्ने उपायहरूबारे सचेतना फैलाउने रहेको आयोजकले जनाएको छ।
