बुटवल,
देश र जनताको अधिकारका लागि बलिदान भएको जेएनजी आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरूप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले रोट्रयाक्ट डिष्ट्रीक्ट ३२९२ अन्तर्गत जोन १८ र १९ को संयुक्त आयोजनामा तथा रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउन र रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टार्सको समन्वयमा दीप प्रज्वलन कार्यक्रम बुटवलको योगिकुटी चोकमा सम्पन्न भयो।
यस कार्यक्रममा जोन १८ र १९ का ZRR, डिष्ट्रीक्ट अफिसियलहरू, विभिन्न क्लबका अध्यक्षहरू, बोर्ड अफ डाइरेक्टर्स, पूर्व अध्यक्षहरू, साथै बाक्लो संख्यामा रोट्रयाक्ट सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमका सहभागीहरूले सहिद आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका थिए र मौन धारण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।
कार्यक्रममा सहिदहरूको अमर योगदानलाई नबिर्सनु पर्नेमा जोड दिँदै, उनीहरूले देखाएको साहस, त्याग र बलिदान नयाँ पुस्ताका लागि मार्गदर्शन बन्नुपर्ने साथै, युवाहरूले सेवा र नेतृत्वको भावनासहित समाजलाई सकारात्मक दिशामा अघि बढाउन निरन्तर सक्रिय रहनुपर्ने सन्देश उत्त अवसरमा नेपालको राष्ट्रिय झण्डा, रोट्रयाक्ट/रोटरी लोगो निर्माण गरि दीप प्रज्वलन गरिएको थियो, जसले कार्यक्रममा विशेष र भावनात्मक वातावरण सिर्जना गर्यो।रोट्रयाक्ट परिवारले सहिदहरूको स्मृतिलाई नमन गर्दै उनिहरुको योगदानलाइ आत्मसात गर्दै समाज र राष्ट्र सेवामा निरन्तर योगदान दिने प्रतिवद्धता जनाएको छ।

