मध्य रातको १२ बजे आफ्नै श्रीमती मारेर मृत शव घरको भान्साकोठामा गाडेको ६ दिनपछि सडेको अवस्था फेला पार्यो प्रहरीले

लिलामणी पोखरेल

अर्घाखाँची

अर्घाखाँची-जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर ४ को पातलेपोखरा भन्ने ठाउँमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरी शव भने घरभित्रै गाडेको अवस्थामा फेला परेको छ।
यस घटनाको प्रहरीले स्थलगत अवलोकन सहित अनुसन्धान गर्दा उक्त मृतक श्रीमती वर्ष ३४ की सुमित्रा कुमाल गुरुङको शव घरको भान्साकोठामा खाल्डो खनि गाडेको र सडेको अवस्थामा प्रहरीले फेला पारेपछी सोधपुछका क्रम निज मृतक श्रीमतीका श्रीमती वर्ष ३६ का किरण गुरुङले घटना आफुबाटै भएको साथै हत्या गरेको स्वीकार गरेका छन।

यस घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी झलक शर्मा ज्युसंग सुनौलो न्यूज डटकमका प्रबन्धक निर्देशक लिलामणी पोखरेल संग भएका कुराकानी र उहाँले दिएको जानकारी अनुसार निज घटनाको दोषी ठहर मानिएका हत्यारा श्रीमानले प्रहरी लाई बताए अनुसार आफु ११ गते राती गाउँमै राम हेर्न गएर फर्कीपछी सामान्य विबाद हुँदाहुँदै विवादले ठुलै रुप लिएपछि करिब १२ बजेको मध्ये रातीमा धारिलो हतियार हसियाको पछिल्लो भागले र अन्य हतियारले समेत शरीरको पनी धेरैजसो पछिल्लो भाग तर्फ प्रहार गरि मारेको स्विकार गरेका हुन।

यस दौरान जानकारी पाउनासाथ मिती २०८२/ ०५/१७ गते घटना स्थलमा पुगेको प्रहरीको टोलीले उक्त सडेको शव लाइ निकालेर पोस्टमार्टमको लागी जिल्ला अस्पताल अर्घाखाँची ल्याइएको हो।

११ गते राती १२ देखी-१२ गते राती १ को बजेको बिचमा घटेको घटनाको प्रारम्भिक जानकारी अनुसार सामान्य झगडाको कारण भनिएता पनी एथेस्ट वास्तविक कारण भने अझै अनुसन्धानकै क्रममा रहेको प्रहरीको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै