आर्थिक वर्ष २०८१/८२ मा मुद्रास्फीति ३.७७ प्रतिशत

काठमाडौँ उपत्यकामा आर्थिक वर्ष २०८१/८२ मा वार्षिक औसत उपभोक्ता मूल्यवृद्धिदर (मुद्रास्फीति) ३.७७ प्रतिशत पुगेको छ। यस अवधिमा तराईमा ४.१४, पहाडमा ३.८६ र हिमाली क्षेत्रमा भने ४.८९ प्रतिशत मुद्रास्फीति देखिएको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले जनाएको छ।

ग्रामीण क्षेत्रमा उपभोक्ता मूल्य सूचकाङ्क वार्षिक औसतमा ४.४० प्रतिशतले बढ्दा सहरी क्षेत्रमा ३.९४ प्रतिशत वृद्धि भएको पाइएको छ। प्रतिवेदनअनुसार २०८२ असार महिनामा मात्र ग्रामीण क्षेत्रमा बिन्दुगत मूल्यवृद्धि २.४० प्रतिशत र सहरी क्षेत्रमा २.१४ प्रतिशत रहेको छ।

उपत्यकाको २०८२ असार महिनाको बिन्दुगत मूल्यवृद्धि २.३२ प्रतिशत छ। सोही अवधिमा तराईमा १.८५, पहाडमा २.१९ र हिमालमा भने ३.७५ प्रतिशत मुद्रास्फीति भएको देखिन्छ।

प्रदेशगत हिसाबले हेर्दा कोशी प्रदेश सर्वाधिक प्रभावित बनेको छ। आर्थिक वर्ष २०८१/८२ मा कोशीमा वार्षिक औसत मुद्रास्फीति ५.४६ प्रतिशत पुगेको छ। मधेशमा ४.१४, बागमतीमा ३.५७, गण्डकीमा ३.३२, लुम्बिनीमा ३.७०, कर्णालीमा ३.३१ र सुदूरपश्चिममा ५.०२ प्रतिशत मुद्रास्फीति दर देखिएको छ।

त्यस्तै, २०८२ असार महिनामा बिन्दुगत हिसाबले कोशी प्रदेशमा ३.६७ प्रतिशत मुद्रास्फीति भएको छ भने मधेशमा १.९९, बागमतीमा १.८१, गण्डकीमा १.७१, लुम्बिनीमा १.७८, कर्णालीमा १.८६ र सुदूरपश्चिममा २.७४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ। समग्रमा हेर्दा, सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा मूल्यवृद्धि दर उच्च देखिएको छ भने प्रदेशगत आधारमा कोशी र सुदूरपश्चिम प्रदेशमा मुद्रास्फीति तुलनात्मक रूपमा बढी कायम भएको पाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै