पहिरोले बाटो अबरुद्ध: बिधालय र विद्यार्थीहरु पुर्ण जोखिममा

अर्जुन कुवर

काठमाडौ-लुम्बिनी प्रदेशको अधिकाम्स पहाडी भु-भागले समेटिएको अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिला हुँदै मालारानिको पातल कटेरा खनदह डाँडाकटेरी जोड्ने सडक खण्ड अन्तर्गत अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ३ खनदह बजार नजिकै रहेको श्री आदर्श मा वि बिधालय मुनीपट्टिको बाटो इन्जिनियरको लापरबाहीका कारण निर्माण देखी अहिलेसम्म पहिरोले पुर्णतया जोखिममा परेको छ।

यस खण्डमा अम्बर निर्माण सेवाले काम गर्दै आएको हुँदा उक्त निर्माण सेवाले आफ्नै इन्जिनियर पनि परिचालन गरेको र सडक डिभिजन कार्यलयले निरन्तर साइड सुपरभाइजर समेत खटाएको थियो तर कार्य संचालनमा रेखदेख गर्ने सरकारी प्रतिनिधि एउटा सरकारी क्षेत्रमा काम चलिरदा अर्को सार्वजनिक सम्पत्ति जोखिम पर्नसक्छ भन्ने अध्यन र सम्भाब्य आकलन नगर्दा हरेक ठाउँमा यस्तै लापरबाहीकै कारण राज्यको सम्पत्ति यसरि दुरुपयोग हुँदै गएको छ।

यस स्थानमा वर्षातको समय बाहेक सुख्खायाममा समेत धुलेपहिरो खसिरहने जोखिम रहन्थ्यो तर बाटो निर्माण गर्दा पुर्वसम्भाब्यता अध्यन नगरि बाटो खन्दा यो अवस्था सिर्जित भएको स्थानीय बताउछन।
यसैपनि यस बिधालय समुन्द्री सतह देखि अन्दाजी १५ सय मिटर उचाईमा रहेकोले पछिल्लो भागनेर जहाँबाट मोटरबाटो खोलिएको छ त्यो ठाउँलाई बैखाए भिर भनिन्छ ।

विकासका पूर्वाधारहरु मध्ये एउटा क्षेत्र यातायात निर्माण गर्दा शिक्षा क्षेत्र जोखिम पारिएको देखिन्छ साथै यस बिधालयको सौचालय भने अब जानै नमिल्ने डरलाग्दो भैसकेको छ।
बिधालय ब्यवस्थापन र प्रशासनले पटकपटक अनुरोध गर्दा समेत स्थानीय सरकार साथै सम्बन्धित सरोकारवालाहरु नतमस्तक देखिन्छन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै