नेपाल क्यान मुभले बुबाको मुख हेर्ने दिन (कुशे औँसी) को अवसरमा ‘Father’s Day TikTok Contest 2082’ सञ्चालन गरेको छ। सामाजिक सञ्जालमार्फत सञ्चालन हुने यस प्रतियोगिताको विजेता आउँदो भदौ ३ गते औपचारिक रूपमा घोषणा गरिने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार, प्रतियोगितामा सहभागी हुनका लागि आफ्ना बुबासँग सम्बन्धित सन्देश, सम्झना वा कथा समेटिएको रचनात्मक भिडियो TikTok मा अपलोड गर्नुपर्नेछ। उत्कृष्ट भिडियो बनाउनेलाई कम्पनीको तर्फबाट उत्कृष्ट पुरस्कार प्रदान गरिने जनाइएको छ।
विगत सात वर्षदेखि नेपालदेखि विदेशसम्म छरिएका नेपालीहरूलाई भरपर्दो र छिटो कुरियर सेवा प्रदान गर्दै आएको नेपाल क्यान मुभले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता रचनात्मक अभियानमार्फत समुदायसँगको सम्बन्ध अझ बलियो बनाउने उद्देश्य राखेको बताएको छ।
कम्पनीका मार्केटिङ निर्देशक उकेश खड्काका अनुसार, यस पटकको प्रतियोगिता भावनात्मक तथा व्यक्तिगत अनुभूति केन्द्रित छ। “यो पल्ट प्रतियोगिता अलि फरक छ,” उनले भने, “सहभागीहरूले हाम्रो आफ्नै गीतमा लिपसिङ गर्दै भिडियो बनाउनुपर्नेछ। त्यसपछि भिडियो नेपाल क्यान मुभको अफिसियल पेजमा पोस्ट गरी #NepalCanMove #FathersDayContest #MyHeroMyDad ह्याशट्याग प्रयोग गर्नुपर्नेछ।”
उनका अनुसार भिडियोमा सोही गीतसँग मेल खाने कथा वस्तु राख्नुपर्नेछ र बुबाप्रतिको सम्मान तथा माया झल्काउने सन्देशमूलक हुनुपर्नेछ।
प्रतियोगिताका मुख्य नियमहरू
१. सबै नेपाली नागरिकका लागि खुला।
२. भिडियोमा सहभागीको बुबा अनिवार्य।
३. अवधि: ३० सेकेन्डदेखि १ मिनेट ३० सेकेन्डसम्म।
४. ‘Nepal Can’ मौखिक वा दृश्य रूपमा अनिवार्य।
५. कम्पनीलाई Facebook, Instagram र TikTok मा फलो गरेको हुनुपर्ने।
६. भिडियो मौलिक हुनुपर्ने।
७. अनुपयुक्त सामग्री निषेध।
८. विजेताले ७ दिनभित्र पुरस्कार बुझाउनुपर्ने।
कम्पनीका सीनियर सेल्स म्यानेजर सागर भुसालका अनुसार, प्रतियोगितामा प्रयोग गर्नुपर्ने गीत गायिका रचना रिमालको स्वरमा रहेको छ। यस गीतमा टिकटक बनाएवापत २० जना कलाकार ले ५००० बराबरको आकर्षक पुरस्कारको घोषण गरेको छ। इच्छुकहरूले TikTok भिडियो बनाउनका लागि निम्न लिंक प्रयोग गर्न सक्नेछन् —
🔗 नेपाल क्यान मुभले बुबाको मुख हेर्ने दिन (कुशे औँसी) को अवसरमा Father’s Day TikTok Contest 2082 सञ्चालन गरिरहेको छ। सामाजिक सञ्जालमार्फत सञ्चालन गरिएको उक्त प्रतियोगिताको विजेता आउँदो भदौ ३ गते औपचारिक रूपमा घोषणा गरिनेछ। यस अभियानमार्फत नेपाली संस्कृतिमा बुबाको महत्व झल्काउने र सकारात्मक सामाजिक सन्देश फैलाउने लक्ष्य लिएको छ। कम्पनीका अनुसार, प्रतियोगितामा भाग लिन सहभागीहरूले आफ्ना बुबासँग सम्बन्धित सन्देश, सम्झना वा कथा समेटिएको रचनात्मक भिडियो TikTok मा अपलोड गर्नुपर्नेछ। उत्कृष्ट भिडियो बनाउनेलाई पुरस्कार प्रदान गरिने जनाइएको छ। विगत सात वर्ष देखि नेपाल क्यान मुभले नेपालदेखि विदेशसम्म छरिएका नेपालीहरूलाई भरपर्दो र छिटो कुरियर सेवा प्रदान गर्दै आइरहेको छ। कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता रचनात्मक अभियानमार्फत समुदायसँगको सम्बन्ध अझ बलियो बनाउने उद्देश्य राखेको जनाएको छ। विभिन्न मार्केटिङ क्याम्पेन सञ्चालन गर्दै आएको नेपाल क्यान मुभले यस पटकको Father’s Day TikTok Contest 2082 लाई केही भिन्न तरिकाले अघि बढाएको छ। कम्पनीका मार्केटिङ director ukesh kadka ले बताएअनुसार, यस पटकको प्रतियोगिता इमोशनल र व्यक्तिगत भावनामा केन्द्रित छ। खड्का अनुसार, “यो पल्ट प्रतियोगिता अलि फरक छ। सहभागीहरूले हाम्रो आफ्नै गीतमा लिपसिङ गरी भिडियो बनाउनुपर्नेछ। त्यसपछि त्यो भिडियो नेपाल क्यान मुभको अफिसियल पेजमा पोस्ट गरी ह्याशट्याग #NepalCanMove #FathersDayContest #MyHeroMyDad प्रयोग गर्नुपर्नेछ। भिडियो बनाउँदा सोही गीतसँग मेल खाने कथा वस्तु राख्नुपर्नेछ बुबालाई लक्षित गरी सन्देशमूलक हुनुपर्नेछ। यसले बुबाप्रतिको सम्मान र माया झल्काउने उद्देश्य बोकेको छ। प्रतियोगिताका नियमहरू: १. सबै नेपाली नागरिकहरूका लागि खुला छ। २. भिडियोमा तपाईंको बुबा हुनु पर्ने अनिवार्य छ। ३. भिडियो अवधि: ३० सेकेन्डदेखि १ मिनेट ३० सेकेन्डसम्म हुनुपर्छ। ४. भिडियोमा ‘Nepal Can’ मौखिक वा दृश्यमा समावेश हुनुपर्छ। ५. हामीलाई Facebook, Instagram र TikTok मा फलो गरेको हुनुपर्छ । ६. भिडियो मौलिक हुनुपर्छ। ७. अनुपयुक्त सामग्री निषेध छ। ८. विजेताले ७ दिन भित्र पुरस्कार लिनुपर्नेछ। https://www.tiktok.com/@nepalcanmove/video/7527675313367682321?_r=1&_t=ZS-8yVIByWVUPw
