कारागारमा रबी लामिछाने माथि पञ्चायती शैलीको व्यवहार भयो: डाक्टर बाबुराम भट्टराई

लीलामणि पोखरेल
बुटवल-पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भैरहवा जिल्ला कारागार पुगेर रास्वपा सभापति रवि लामिछानेसँग भेट गरेका छन्। पार्टीको लुम्बिनी प्रदेश स्तरीय बैठकमा सहभागी हुन जाँदै गर्दा उनी जेलमा रहेका लामिछानेलाई भेट्न पुगेका हुन्।

भेटपछि सञ्चारकर्मीलाई जानकारी दिँदै भट्टराईले भने, “रवि लामिछानेलाई मुद्दा लड्न थुनाबाट बाहिर राख्नुपर्छ। उनी निर्वाचित सांसद हुन् र भाग्ने वा नयाँ अपराध गर्ने सम्भावना छैन।” उनले थपे,जनताको प्रतिनिधिलाई थुनामा राखेर मुद्दा लड्न नदिनु उचित छैन।”

उनी सभामुखसँग पनि जमानतमार्फत लामिछानेलाई रिहा गर्ने वा सांसद पद खाली गराएर नयाँ चुनाव गराउने विषयमा छलफल गरिसकेको बताएका छन्।

भट्टराईले कारागारको अवस्था प्रति चिन्ता व्यक्त गर्दै बताए कि लामिछानेलाई पत्रपत्रिका पढ्न समेत नदिइएको छ र उनी एक्लै सानो कोठामा राखिएका छन्। “सूचनाबाट बञ्चित गर्नु उचित होइन,” उनले भने।

जेलको साँघुरो कोठा देख्दा आफूलाई निकै असहज लागेको भट्टराईले यस विषयमा सम्बन्धित निकायमा कुरा गर्ने वचन दिएका छन्।

राजनीतिक सद्भावका कारण रविलाई भेट्न पुगेको र सरकारले उनीमाथि प्रतिशोध चलाएको आरोप समेत लगाउँदै भट्टराईले न्यायका लागि रविको पक्षमा हस्ताक्षर संकलनमा पनि सक्रिय भूमिका खेलेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै