दीप बोर्डिङ हाई स्कूलबाट २०८१को एस.एल.सी. परीक्षामा उत्कृष्ट नतिजा: ३.९६ GPA सहित संजोग नेपाल प्रथम ।

बुटवल, २०८१ साउन ,

राष्ट्रिय शैक्षिक गौरवको प्रतीकका रूपमा परिचित दीप बोर्डिङ हाई स्कूल, बुटवल–८ सुखनगरले २०८१ सालको एस.एल.सी. परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको छ।उक्त विद्यालयबाट संजोग राजभण्डारीले ३.९६ GPA प्राप्त गर्दै नेपाल प्रथम बन्न सफल भएका छन् भने उत्सवराज भट्टराईले ३.९५ GPA प्राप्त गर्दै नेपाल दोस्रो हुने गौरव हासिल गरेका छन्।

विद्यालयका अन्य विद्यार्थीहरू समेत शतप्रतिशत उत्तीर्ण भएका छन्। यसपटक परीक्षामा सहभागी जम्मा विद्यार्थी संख्या २०१ रहेको थियो।विज्ञान र व्यवस्थापन दुवै संकायमा उत्कृष्ट नतिजा हासिल गर्दै विद्यालयले पुनः एकपटक आफूलाई शैक्षिक उत्कृष्टताको प्रतीक सावित गरेको छ। विद्यार्थीहरूको यस सफलतामा प्रधानाध्यापक टीकाराम न्यौपाने तथा विद्यालयका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजु ले विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय परिवारलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नु भएको छ ।विद्यालयले आगामी दिनमा पनि यस्तै सफलता दोहोर्याउने विश्वास व्यक्त गर्दै सम्पूर्ण शैक्षिक क्षेत्रलाई थप प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै