कक्षा १२ को नतिजा सार्वजनिक : ६१.१७% विद्यार्थी उत्तीर्ण, गत वर्षको तुलनामा सुधार

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गरेको छ। सार्वजनिक नतिजाअनुसार कुल ३ लाख ९६ हजार ३ सय ४७ जना परीक्षार्थीमध्ये ६१.१७ प्रतिशत अर्थात् २ लाख ४२ हजार ४ सय ६५ जना विद्यार्थी ग्रेडिङ्ग प्रणाली अन्तर्गत उत्तीर्ण भएका छन्। यो अघिल्लो वर्षको तुलनामा ९.०२ प्रतिशतले बढी हो, जसले समग्र शैक्षिक सुधारको संकेत दिएको छ।

अझै पनि १ लाख ५३ हजार ८ सय ८२ जना परीक्षार्थी ग्रेडिङ प्रणाली अन्तर्गत न्यूनतम ‘डी प्लस’ नल्याई अनुत्तीर्ण भएका कारण तत्काल उच्च शिक्षामा भर्ना हुन नपाउने भएका छन्।

यस वर्ष सबैभन्दा बढी विद्यार्थी अनिवार्य विषयहरू — अंग्रेजी र नेपाली — मा अनुत्तीर्ण भएका छन्। शिक्षा विज्ञहरूका अनुसार भाषिक क्षमता र लेखनसीपमा देखिएको कमजोरीले यी विषयहरूमा नतिजा कमजोर देखिएको हो। अब यिनै विषयमा ध्यान केन्द्रित गर्दै पाठ्यपुस्तक सुधार, कक्षा व्यवस्थापन र शिक्षक तालिममा ध्यान दिनु पर्ने आवाज उठ्न थालेको छ।

कर्णाली प्रदेशको नतिजा सबैभन्दा कमजोर

प्रदेशगत विश्लेषण अनुसार कर्णाली प्रदेशको नतिजा सबैभन्दा कमजोर देखिएको छ। त्यहाँका अधिकांश विद्यालयहरूमा भौतिक संरचना, दक्ष जनशक्ति र प्रविधिको अभावका कारण शिक्षण सिकाइ प्रक्रियामा चुनौती देखिएको बताइएको छ।

नतिजामा समग्र सुधार देखिए पनि शिक्षा क्षेत्रका विश्लेषकहरूले अझै पनि शिक्षाको गुणस्तरमा दीर्घकालीन सुधार ल्याउनुपर्ने आवश्यकता औंल्याएका छन्। विद्यार्थीहरूको सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सिप अभिवृद्धिमा पनि ध्यान दिनुपर्ने धारणा प्रकट गरिएको छ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षाफल सार्वजनिक गर्दै विद्यार्थी, शिक्षक र अभिभावकहरूलाई थप मेहनत र सचेतनाका साथ शिक्षण प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै