देशभर मनसुन सक्रिय, आगामी तीन दिन भारी वर्षाको सम्भावना

काठमाडौं, साउन १९– हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले अधिकांश भू-भागमा बदलीसँगै वर्षा भइरहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालका तराई क्षेत्रमा सक्रिय रहेकाले लगातार वर्षाको सम्भावना बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल कोशी, मधेश, र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान:

🔹 साउन १८ (आइतबार) राति – देशभर पूर्ण बदली रहनेछ। मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा मध्यम तथा एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना।

🔹 साउन १९ (सोमबार) दिउँसो र राति – देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। अधिकांश प्रदेशमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा, मधेश, बागमती र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना।

🔹 साउन २० (मंगलबार) दिउँसो र राति – कोशी, मधेश, र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना। गण्डकी र लुम्बिनीमा एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने अनुमान।

मौसम विभागको परामर्श:

आगामी २४ घण्टा तथा केही दिनसम्म लगातार वर्षा हुने सम्भावनालाई ध्यानमा राखी सतर्कता अपनाउन सर्वसाधारण तथा सरोकारवाला निकायलाई आग्रह गरिएको छ। बाढी, पहिरो तथा जलस्रोतजन्य जोखिममा विशेष ध्यान दिनु हुन समेत अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै