लीलामणि पोखरेल
काठमाडौ
एजेन्सी-बुधबार रुसको कमचटका प्रायद्वीप नजिकै आएको भूकम्प सन् १९५२ यताकै सबैभन्दा शक्तिशाली भएको अधिकारीहरूले जनाएका छन् । साथै, आगामी दिनमा ‘शक्तिशाली परकम्प’ आउने चेतावनी पनि दिएका छन् ।
भूगर्भ सर्वेक्षणले बुधबार स्थानीय समय अनुसार ११:२५ बजेरुसको पूर्वी तटीय क्षेत्रमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो। सुरुमा भूकम्पको तीव्रता ८.० म्याग्निच्युड मापन गरिएको थियो।
अन्तर्राष्टिय सञ्चारमाध्यमहरुका अनुसार रुसको पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की सहरबाट करिब १३६ किलोमिटर भूकम्प आएको हो। स्थानीय सरकारले सुनामीको चेतावनी दिँदै सुरक्षित रहन आग्रह गरेको छ।
रूसी विज्ञान एकेडेमी अन्तर्गतको भूभौतिक सेवा विभागको कमचटका शाखाले भनेको छ:कम्तीमा एक महिनासम्म ७.५ म्याग्निच्युडसम्मका उल्लेखनीय र महसुस गर्न सकिने परकम्पहरू जारी रहने अपेक्षा गरिएको छ।
८.८ म्याग्निच्युडको यो भूकम्पले रूसको सेभेरो–कुरिल्स्क बन्दरगाह सहरमा सुनामीको बाढी निम्त्याएको छ।
यो भूकम्प रुसको तटीय क्षेत्र आसपासलाई केन्द्र बनाएर गएको हुनाले अमेरिका जापानदेखि धेरै देशहरुम सुनामीको खतराको संकेत देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
