रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको १८औं डिआरआर पदस्थापन समारोह बुटवलमा सम्पन्न

बुटवल ,
रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको १८औं डिआरआर पदस्थापन समारोह दियालो फुडल्यान्ड कालिकानगर बुटवलमा भव्य रूपमा सम्पन्न भएको छ। रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ को आयोजना रोट्रयाक्ट डिस्ट्रिक्ट अन्तर्गतका २१ वटा क्लबहरुको आतिथ्यता र ०७ वटा क्लबहरुको सह आतिथ्यतामा सम्पन्न कार्यक्रममा  रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ वर्ष २०२४-२५ का  डिआरआर विक्रम क्षेत्रीको अध्यक्षतामा पहिलो सत्र  र वर्ष २०२५-२६ का नवनियुक्त  डिआरआर दिनेश गैरेको अध्यक्षतामा दोस्रो सत्रको कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा रोटरि डिस्ट्रिक्ट ३२९२ का गभर्नर इलेक्ट रोटरियन विष्णु बहादुर कार्कीको उपस्थिति रहेको थियो भने बिशिस्ट अतिथिको र रूपमा रोटरी डिस्ट्रिक्ट सल्लाहकार समितिका को- चिफ रोटरियन प्रोफेसर  डा. रामचन्द्र आचार्य, डिस्ट्रिक्ट मेम्बरसिप कमिटी चेयर रोटरियन लक्ष्मण ज्ञवाली, आईसिएम चेयर रोटरियन कृष्ण प्रसाद पाण्डे  इनट्रयाक्ट डिस्ट्रिक्टका  डिआइआर  सुसान्त अधिकारी ,  रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का डिआरआर इलेक्ट प्रकाश शर्मा , आइपिडिआइआर दिप्शन अधिकारी लगायतको उपस्थिति रहेको थियो।


<span;>समारोहमा  वर्ष २०२४-२५ का  डिआरआर विक्रम क्षेत्री विक्रम क्षेत्रीको  र वर्ष २०२५-२६ का नवनियुक्त  डिआरआर दिनेश गैरेको परिवारका सदस्यहरू, रोटरीयनहरु, विभिन्न  रोट्रयाक्ट क्लबका अध्यक्ष , पुर्ब अध्यक्ष ,  पदाधिकारीहरू  एवं रोट्रयाक्ट सदस्यहरु विभिन्न संघसंस्थाका प्रतिनिधिहरू गरि करिब ५०० जनाको  सहभागिता रहेको थियो।कार्यक्रमको विशेष आकर्षणको रूपमा नेपाली चलचित्र “मोहर” टिमको उपस्थिति रहेको थियो। प्रमुख कलाकारद्वय पल शाह र बेनिशा हमाल, निर्माता रोटेरियन चुम्बन जंग शाही, नायक पल शाह नायिका बेनिसा हमाल लगायतका कलाकार तथा प्राविधिकहरूले कार्यक्रममा सम्बोधन गर्दै युवाहरूमाझ सकारात्मक सन्देश प्रवाह गरेका थिए ।


वर्ष २०२४-२५ का  डिआरआर विक्रम क्षेत्री र वर्ष २०२५-२६ का नवनियुक्त  डिआरआर दिनेश गैरेको होम क्लब बीच झण्डा साटासाट गरिएको थियो भने नवनियुक्त  डिआरआर दिनेश गैरेलाइ गङ ग्याबल पनि  हस्तान्तरण गरि पद हस्तान्तरण गरिएको थियो।  सो अबसरमा रोट्रयाक्ट डिस्ट्रिक्ट कमिटीका सदस्यहरुलाइ पद तथा गोपनियताको  सपथ ग्रहण समेत गराइएको थियो भने नवनियुक्त  डिआरआर दिनेश गैरेले बर्ष २०२५/२६ का लागि आफ्ना कार्ययोजनाहरु प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा विभिन्न नृत्य प्रस्तुतिहरू, बिगतमा रोट्रयाक्ट डिस्ट्रिक्ट कमिटीमा रहेर काम गर्नु भएका अग्रज एवं पुर्ब रोट्रयाक्टरहरु सम्मान , विभिन्न सम्झौताहरूमा हस्ताक्षर , आतिथ्य तथा सह आतिथ्य क्लबका अध्यक्षहरुलाइ मायाको चिनो प्रदान सगै मोहर फिल्मको गीतमा विशेष  नृत्य प्रस्तुति हुदा कार्यक्रममा थप रौनकता थपिएको थियो । कार्यक्रमका प्रमुख अतिथि रोटरि डिस्ट्रिक्ट ३२९२ का गभर्नर इलेक्ट रोटरियन विष्णु बहादुर कार्की, प्रोफेसर  डा. रामचन्द्र आचार्य, डिस्ट्रिक्ट मेम्बरसिप कमिटी चेयर रोटरियन लक्ष्मण ज्ञवाली, डिआइआर  सुसान्त अधिकारी , डिआरसि रेशम खड्का लगायतले सुभकामना मन्तव्य दिनुभएको उक्त कार्यक्रम डिआरआर इलेक्ट प्रकाश शर्माको स्वागत एडिआरआर लक्ष्मण श्रेष्ठ को धन्यवाद  र डिस्ट्रिक्ट ट्रेजरर अनुप पाण्डेको संचालनमा सम्पन्न भएको थियो। रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ को यो विशेष कार्यक्रमले नेतृत्व हस्तान्तरणको परम्परालाई मात्र होइन, युवाको नेतृत्वमा सामाजिक उत्तरदायित्व र सेवाको भावनालाई पनि उजागर गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै