बुटवल,
रोट्रयाक्ट क्लब अफ बुटवल साउथले Splash of Comfort छात्रा शौचालय निर्माण परियोजना अन्तर्गत निर्मित शौचालयको हस्तान्तरण कार्यक्रम श्री सिद्ध आधारभूत विद्यालय, वडानं. ५, सियारी गाउँपालिकामा सम्पन्न गरेको छ। डिष्ट्रिक्ट ग्रान्ट DG 2023/24-147 अन्तर्गत सञ्चालन गरिएको यो प्रभावशाली परियोजना रोटरी वर्ष 2023-24 मा तत्कालीन क्लब अध्यक्ष रो. सुविन खड्काको नेतृत्वमा सुरु गरिएको थियो। परियोजनाको सफल कार्यान्वयनपछि रोटरी वर्ष 2024-25 मा औपचारिक रूपमा विद्यालयलाई हस्तान्तरण गरिएको हो।परियोजनाको मुख्य उद्देश्य विद्यालयमा अध्ययनरत छात्राहरूका लागि सुरक्षित, सफा र मर्यादित वातावरण सुनिश्चित गर्दै शैक्षिक निरन्तरतामा टेवा पुर्याउनु थियो। निर्माण गरिएको छुट्टै छात्रा शौचालय शौचालयले किशोरीहरूलाई आत्मविश्वासमा महत्वपूर्ण सहयोग पुर्याउने अपेक्षा गरिएको छ।उक्त हस्तान्तरण कार्यक्रम क्रोट्रयाक्ट क्लब अफ बुटवल साउथ २०२४/२५ का अध्यक्ष रो. सुदीप पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको उपस्थिति रहेको थियो।
विशेष अतिथि को रूपमा डि.आर.आर. रो. विक्रम क्षेत्री, वडा नं. ५ का वडा अध्यक्ष श्री धनपति खरेल, क्लबका इमिडिएट पास्ट प्रेसिडेन्ट रो. सुविन खड्का तथा विद्यालयका प्रधानाध्यापक श्री रामआचल यादवको समेत उपस्थिति रहेको थियो।कार्यक्रमको सम्योजक रो. रोश्नी भण्डारीले गर्नु भएको थियो भने सञ्चालन क्लब सचिव रो. राहुल न्यौपानेले गर्नु भएको थियो।रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल-भूटान अन्तर्गत क्रियाशील रोट्रयाक्ट क्लब अफ बुटवल साउथ, जसको स्थापना बिस २०६१ वैशाख ८ गते रोटरी क्लब अफ बुटवल साउथ को मातृत्त्वमा भएको हो जुन क्लब दीर्घकालीन र दिगो सामुदायिक विकासप्रति निरन्तर समर्पित रहँदै आएको छ। क्लबले रोट्रयाक्ट क्लब अफ पोखरा, रोट्रयाक्ट क्लब अफ काठमाडौं तथा डिष्ट्रिक्ट 2440 अन्तर्गत रहेको रोट्रयाक्ट क्लब अफ कोनाकसँग टुविनसिप क्लब सम्वन्ध कायम राख्दै आपसी सहकार्यलाई पनि प्रगाढ बनाउँदै आएको छ।यो परियोजना रोटरी र रोट्रयाक्टको मूल्यमान्यताहरूको जीवन्त उदाहरण हो भने स्वच्छ सरसफाइको पहुँच विस्तार, छात्रा शिक्षामा सहयोग र सामुदायिक समृद्धिको दीर्घकालीन सुनिश्चितता गर्न सहयोग गर्ने छ । यस उत्कृष्ट परियोजनाको साथसाथै क्लबले एकै कार्यकालमा कुल १०४ परियोजनाहरू सम्पन्न गर्दै कीर्तिमान समेत कायम गर्दै सामुदायिक सेवामा आफ्नो अविचलित प्रतिबद्धता पुनः पुष्टि गरेको छ।
