रोटरी फाउन्डेसनको ग्लोबल ग्रान्ट कार्यक्रम अन्तर्गत निर्माण भएका विद्यालय भवनहरू व्यवस्थापन समितिलाई हस्तान्तरण

विराटनगर, असार १६ ।

रोटरी फाउन्डेसनको ग्लोबल ग्रान्ट कार्यक्रम अन्तर्गत निर्माण गरिएको विद्यालय भवनहरू आज औपचारिक रूपमा विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ।विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विराटनगर–५ स्थित श्री सिद्धकाली आधारभूत विद्यालयका नवनिर्मित भवनहरू विद्यालयलाई हस्तान्तरण गरिएको हो। रोट्रयाक्ट क्लब अफ विराटनगरको अग्रसरतामा निर्माण गरिएका ती भवनहरू पूर्ण रूपमा बालमैत्री छन्।करिब ५० लाख रुपैयाँको लागतमा रोटरी फाउन्डेसनको ग्लोबल ग्रान्ट कार्यक्रममार्फत चारवटा भवन र दुईवटा शौचालय निर्माण गरिएको हो। चारवटा पक्की भवनमा जम्मा १२ वटा कोठा रहेका छन्। त्यस्तै, छात्र र छात्राका लागि छुट्टाछुट्टै अपाङ्गमैत्री शौचालयको व्यवस्था गरिएको छ।रोट्रयाक्ट क्लबले भवन निर्माणसँगै खेलमैदान, पार्किङ क्षेत्र, प्रवेशद्वारदेखि प्रत्येक भवनमा पुग्न सकिने गरी टाइलसमेत बिछाएको छ। यसबाहेक खेलकुदका लागि बेग्लाबेग्लै स्थान पनि निर्माण गरिएको छ, जसले विद्यालयलाई एक समग्र र बालमैत्री वातावरणमा रूपान्तरण गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि मेयर नागेश कोइराला, रोटरी इन्टरनेसनलका बासुदेव गोलियान, महानगरका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, रोटरीका विभिन्न पदाधिकारीहरू विनोद अग्रवाल, टी.पी. आचार्य, कमल अग्रवाल, अमित सिंघल, नरेश राठी, समाजसेवी उद्धव थापा, रोट्रयाक्ट क्लब अफ विराटनगरका अध्यक्ष प्रेम पारख, पूर्व अध्यक्षहरू सागर दाहाल, रोहित रोनियार, एरोस पौडेल, सजल सुवेदीलगायत रोट्रयाक्ट सदस्यहरूको उपस्थिति रहेको थियो।उक्त अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार यादव र प्रधानाध्यापक राजेन्द्र प्रसाद थापालाई औपचारिक रूपमा विद्यालय भवन हस्तान्तरण गरिएको थियो। साथै, मेयर नागेश कोइराला र बासुदेव गोलियानले नवनिर्मित भवनको उद्घाटन पनि गरेका थिए।कार्यक्रमको अन्त्यमा रोट्रयाक्ट क्लब अफ विराटनगरका अध्यक्ष प्रेम पारखले आउँदो वर्ष २०२५/२६ को लागि चयन गरिएका अध्यक्ष आँशु निरौलालाई औपचारिक रूपमा पद हस्तान्तरण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै