शनिबार हुने १८औं रोट्रयाक्ट डिष्ट्रिक्ट एसेम्लीको तयारी पूरा ।

काठमाडौँ ,

रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ को १८औं डिष्ट्रिक्ट एसेम्ली,डीएलटिएस तथा रिकग्नेसन सेरोमनी  यही १४ जुन २०२५  अर्थात जेठ ३१ गते शनिबार का दिन काठमाडौंस्थित नेपाल प्रहरी क्लब, भृकुटीमण्डपमा भव्य रूपमा हुने भएको छ। रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२  नेपाल भुटानको आयोजना तथा रोट्रयाक्ट क्लब अफ पाटन हेरिटेजको आतिथ्यता तथा रोट्रयाक्ट डिष्ट्रिक्ट अन्तर्गतका १७ क्लबहरुको सह आतिथ्यता संगै  ०५ वटा क्लबहरूको समन्वयमा आयोजना हुन लागेको कार्यक्रममा रोटरी डिष्ट्रिक्ट ३२९२ आगामी वर्ष २०२५–२६ का डिष्ट्रिक्ट गभर्नर विनोद कोइरालाको प्रमुख आतिथ्यता रहनेछ। कार्यक्रममा गेस्ट अफ अनरको रूपमा पूर्व डिष्ट्रिक्ट गभर्नरद्वय  संजय गिरि र  जितेन्द्र बहादुर राजभण्डारीको उपस्थिति रहनेछ भने  विशेष अतिथिहरुको  रूपमा विष्णु बहादुर कार्की (डिष्ट्रिक्ट गभर्नर  २०२६-२७), ईश्वरी प्रसाद ढकाल (डिष्ट्रिक्ट गभर्नर २०२७-२८), डिआरसीसी कृष्णप्रसाद पाण्डे,  वर्ष २०२५- २६ का लागि डीआरसीसी किशोर त्रिपाठी डीआइआर दीप्सन अधिकारी , वर्ष २५ -२६ का लागि डीआईआर सुषान अधिकारी जस्ता लगायतका व्यक्तित्वहरूको गरिमामय सहभागिता रहनेछ। देशैभरका रोट्रयाक्ट क्लबहरूबाट व्यापक सहभागिता रहने अपेक्षा गरिएको यस कार्यक्रममा नेतृत्व विकास, क्लब स्तरीय तालिम, सम्मान तथा विभिन्न विधामा अवार्ड वितरण तथा आगामी वर्ष २०२५/२६ को कार्ययोजना सम्बन्धी विविध सत्रहरू सञ्चालन गरिने डिआरआर विक्रम क्षेत्रीले जानकारी दिनुभयो । यो  कार्यक्रम आफ्नो कार्यकालको करिब अन्तिम  र निकै महत्त्वपूर्ण कार्यक्रम भएकाले देशैभरबाट उत्साहजनक रुपमा सहभागिताका  लागि पनि उहाँले आग्रह गर्नुभयो। कार्यक्रम  युवाहरुको सशक्तिकरण, सामाजिक उत्तरदायित्व र नेतृत्व क्षमता अभिवृद्धिमा यो कार्यक्रम फलदायी सावित  हुने विश्वास गरिएको र कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको वर्ष २०२५ -२६ का लागि डीआरआर दिनेश गैरेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै