भैरहवा,
लायन्स इन्टरनेशनल डिस्ट्रीक ३२५ पि, नेपाल अन्तर्गत लायन वर्ष २०२५/२६ का लागि डिस्ट्रीक क्याबिनेट अफिसर्सहरुको स्कूलिङ कार्यक्रम आज बाट भैरहवास्थित टाइगर प्यालेस बाइ सोल्टीमा संचालन हुदैछ। लायन्स इन्टरनेसनलका अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न हुन गइरहेको कार्यक्रममा विशिष्ट अतिथिको रूपमा पूर्व अन्तर्राष्ट्रिय निर्देशक सञ्जय खेतान अतिथिहरूको रूपमा खगेन्द्र सिटौला राजन लम्साल लगायतका व्यक्तित्वहरूको सहभागिता रहनेछ भने कार्यक्रमको गेस्ट स्पिकरको रूपमा पूर्व राजदूत, समाजशास्त्री, अनुसन्धानकर्ता तथा सामाजिक अभियन्ता महेश दाहाल तथा की नोट स्पिकरको रूपमा अध्यात्म मास्टर हिप्नोसिस राजकुमार प्याकुरेलको सहभागिता रहने र कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको लायन्स डिस्ट्रिक्ट ३२५ पि का वर्ष २०२५/ २६ का डिस्ट्रिक्ट गभर्नर बालाराम भट्टराईले जानकारी दिनुभयो ।
आज दिउसो १ बजेबाट औपचारिक रुपमा सुरु भई तीन दिनसम्म सञ्चालन हुने यस तालिममूलक कार्यक्रममा लायन्स डिस्ट्रीक ३२५ पि का विभिन्न तहका पदाधिकारीहरूको क्षमता अभिवृद्धि तथा नेतृत्व विकासका उद्देश्य राखिएको छ। कार्यक्रममा सहभागीहरुलाइ लायन अभियान दिगो र प्रभावकारी कार्यान्वयन साथै बर्ष २५/२६ लाइ उत्कृष्ट बनाउनका लागि आवश्यक ज्ञान र सीप प्रदान गरिनेछ। लायन बर्ष २०२५/२६ मूल सन्देश “Happy Hearts – Helping Hands” अर्थात् ‘खुसी मुटुहरू – सहयोगी हातहरू’ रहेको छ, जसले सेवा र सहकार्यको भावनालाई थप प्रेरणा दिने अपेक्षा गरिएको छ।
