लायन्स डिस्ट्रिक्ट ३२५ पी को डिस्ट्रिक्ट क्याबिनेट अफिसर डिक्लेरेसन कार्यक्रम सम्पन्न डिस्ट्रिक्ट लोगो पनि सार्बजनिक।

बुटवल ,बैशाख । लायन्स डिस्ट्रिक्ट ३२५ पी को आयोजनामा बुटवल कालिकानगरस्थित  दियालो फुडल्याडमा आगामी लायन्स  वर्ष २०२५ /२६ का लागि डिस्ट्रिक्ट क्याबिनेट अफिसर /हरुको लागि डिक्लेरेसन कार्यक्रम सम्पन्न भएको छ । लायन्स डिस्ट्रिक्ट ३२५ पी का निर्वाचित गभर्नर लायन बालाराम भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा डिस्ट्रिक्ट गवर्नर लाइन पुरुषोत्तम भक्त प्रधानाङ्गको प्रमुख अतिथ्यता रहेको थियो भने कार्यक्रमको विशिष्ट अतिथिको रूपमा मल्टिपल डिस्ट्रिक्ट मार्केटिङ कोर्डिनेटर अरुण प्रताप राणा,  निवर्तमान गभर्नर अर्जुनमान सैजु साथै पूर्व गभर्नरहरु सुनिल ओझा, नवराज न्यौपाने , त्यसैगरी लायन वर्ष २५ / २६ का लागि फर्स्ट डिस्ट्रिक्ट भाइस गभर्नर इलेक्ट  सन्दिप कसौधन ,द्वितीय डिस्ट्रिक्ट भाइस गभर्नर इलेक्ट  मिना पन्थी लगायतको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा लायन वर्ष २५ / २६ का लागि डिस्ट्रिक्ट ३२५ पीको लोगो , थिम र ब्यानर सार्वजनिक गरिएको थियो। वर्ष २०२५ का लागि गभर्नर भट्टराईको थिम “हेप्पि हर्ट , हेल्पिङ ह्यान्डस” रहेको छ । उक्त कार्यक्रममा वर्ष २५ / २६ का गभर्नर बालाराम भट्टराईले आफ्नो कार्यकाल सफल बनाउनका लागि डिस्ट्रिक्टका विभिन्न पदहरूमा लायन अभियन्ताहरुलाइ  मनोनीत गर्नुभएको थियो | सोही अवसरमा पाँचवटै एरियाका लागि एरिया चिफ , रिजन तथा जोन चेयर पर्सनहरु समेत मनोनित गर्नुभएको थियो। मनोनीत सम्पूर्णलाई डिस्ट्रिक्टको आधिकारिक पत्र समेत प्रदान गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गले आगामी कार्यकालको सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रम वर्ष २५/ २६ का लागि डिस्ट्रिक्ट क्याबिनेट सेक्रेटरी एमएल पाण्डेको सञ्चालन तथा द्वितीय भाइस डिस्ट्रिक्ट गवर्नर मिना पन्थीको धन्यवाद मन्तव्यमा सम्पन्न भएको थियो। सोही कार्यक्रममा  लायन वर्ष २५ / २६ का लागि डिस्ट्रिक्ट क्याबिनेट अफिसर्स ट्रेनिङ आगामी जेठ ९ ,१० र ११ गते होटल टाइगर प्यालेस बाइ सोल्टी तिलोत्तमा रुपन्देहीमा सम्पन्न हुने समेत जानकारी गराइएको लायन्स डिस्ट्रिक्ट ३२५ पी वर्ष २०२५ /२६ का लागि डिस्ट्रिक्ट मिडिया कोर्डिनेटर आविष्कार खनालले जानकारी दिनुभयो ।  नेपालमा रहेका लायन्सका पन्ध्र  डिस्ट्रीक मध्ये डिस्ट्रीक ३२५ पी  अत्यन्तै सक्रिय तथा अब्बल डिस्ट्रीक अन्तर्गत पर्दछ। जहा धन्नै १५५ क्लब तथा ३५०० भन्दा धेरै लायन्स सदस्यहरु सक्रिय रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै