लायन्स क्लब अफ बुटवल क्षितिजको अध्यक्षमा डा. खरेल।

बुटवल ,बैशाख । लायन्स क्लब अफ बुटवल क्षितिज वर्ष २०२५ /२६ का लागि अध्यक्ष पदमा डा. श्री खरिद निर्वाचित भएका छन ।  बुटवल सुख्खानगर स्थित चिया चौतारी क्याफेमा आज बसेको क्लबको नवौ बोर्ड तथा जनरल बैठकबाट खरेल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । दन्त चिकित्सकको रूपमा कार्यरत खरेल लायन्स क्लब बुटवल क्षितिजको संस्थापक सदस्यको रुपमा क्लबमा प्रवेश गरेका थिए। लायन्स क्लब अफ बुटवल क्षितिज वर्ष २०२४ /२५ का अध्यक्ष लायन आविष्कार खनालको अध्यक्षतामा बसेको क्लबको नवौ  बैठकबाट खरेललाई निर्वाचित गरिएको हो। आगामी लायन बर्ष २०२५/ २६ का लागि क्लबको अध्यक्षमा डाक्टर श्री खरेल, प्रथम उपाध्यक्षमा उदयबहादुर खत्री, द्वितीय उपाध्यक्षमा गुप्त पुन र तृतीय उपाध्यक्षमा प्रदीप गुप्ता निर्वाचित भएको निर्वाचन समिति संयोजक एवं क्लबका निवर्तमान अध्यक्ष ध्रुव कुमार शर्माले जानकारी दिनुभयो। अध्यक्षमा निर्वाचित भएसँगै डाक्टर खरेलले क्लबको सचिवमा पवन बस्याल,  कोषाध्यक्षमा सुमन पाण्डे र एलसीआइएफ कोर्डिनेटरमा सागर पाडेलाई मनोनित गर्नुभएको छ भने बाँकी अन्य पदहरूमा आगामी दिनमा मनोनित गर्दै अगाडि बढ्ने बताउनुभयो।

कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरू ,शंकर पाण्डे,  नारायण थापा फवन लाकौल ,लोकेन्द्र लिम्बु लगायतले आआफ्नो भनाइ राख्नुभएको थियो। सोही अवसरमा लायन्स डिस्ट्रिक्ट ३२५ पी वर्ष २०२५ २६ का लागि डिस्ट्रिक्ट क्याबिनेटका विभिन्न महत्त्वपूर्ण  पदहरूमा लायन्स क्लब अफ बुटवल क्षितिजको तर्फबाट मनोनित हुने सम्पूर्णलाई बधाई तथा सम्मान व्यक्त गरिएको थियो। क्लबका अध्यक्ष आविष्कार खनालको अध्यक्षता एवं सचिव प्रदीप गुप्ताको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै