वैशाख बुटवल । क्लोथ एन्ड फुड बैंक नेपालले रुपन्देहीको तिलोत्तमामा रहेको आफ्नै कार्यालयको परिसर भित्र कपडा बैङ्क (क्लोथ ड्रप बक्स) को स्थापना गरेको छ । कपडा बैंकको एक कार्यक्रमका बिच नेपाल प्रहरीका एआइजि दान बहादुर कार्कीले शुभारम्भ गरेका हुन ।क्लोथ एन्ड फुड बैंक नेपालद्धारा सञ्चालित कपडा बैङ्कको उद्धघाटन गर्दै एआइजि कार्कीले सामाजिक सेवाको भाव सहित हुनेले दिने र नहुनेले लिने महान उदेश्यको साथ नागरिक तहवाट सुरु गरिएको यो अभियान अत्यन्तै महत्वपुर्ण रहेको बताउनुभयो ।
उहाँले यो अभियानमा नेतृत्व गर्ने कमल जि सी र यस सामाजिक कार्यमा निस्वार्थ सहयोग गर्ने राजिब गौतम, आबिस्कार खनाल ,अर्जुन खरेल , भरत जिसि, ज्योतिस जनार्दन न्यौपाने लगायत सबैलाइ धन्यवाद व्यक्त गर्दै सबैलाइ यो कार्यमा निस्वार्थ तवरले लाग्न आग्रह समेत गर्नुभयो ।
क्लोथ एन्ड फुड बैंक नेपालका परिकल्पनाकार तथा संस्थापक अध्यक्ष कमल जिसीले कपडा बैङ्कको स्थापना गर्नुको उदेश्य र कार्यक्रमको बारेमा एआइजि दान बहादुर कार्की सहित उपस्थित सबै सामु धारणा व्यक्त गर्नुभएको थियो ।कार्यक्रमकै बिचमा कपडा बैङ्कका अध्यक्ष कमल जि सि ले भर्खर मात्रै नेपाल प्रहरीको डिआइजि बाट एआइजिमा पदोन्नति हुनुभएका दान बहादुर कार्कीलाई सम्मान सहित बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

२०८० फागुन ५ गते सुरु भएको कपडा बैंक अभियानले “आफ्नो घर, टोल र समाजलाई सफा राखौँ, कोही कपडा विहीन नरहून्” भन्ने उद्देश्य लिएको छ भने हालसम्म आइपुग्दा आवश्यक पर्नेहरुलाई देशैभरका विभिन्न स्थानमा ठुलो मात्रामा लत्ताकपडा वितरण गरेको छ । बाढी, पहिरो र आगलागी जस्ता विपदमा सहयोग पुर्याउँदै आएको कपडा बैंकले सामाजिक सहयोग र सहानुभूति प्राप्त गर्नुका साथै फोहोर व्यवस्थापन, आर्थिक उपयोगिता, राष्ट्र निर्माणमा योगदान र संसाधनको सही उपयोगमा पनि टेवा पुर्याइरहेको अध्यक्ष जिसीले बताए । प्रयोगमा नआएका सामग्री पुनःप्रशोधन गरेर आवश्यक पर्नेहरूलाई निःशुल्क वितरण गर्ने लक्ष्य सहित बैंक सञ्चालन गरिएको हो । कपडा बैंक सञ्चालनको अवधि १० वर्षका लागि तोकिएको छ । पाँच देखि सात सय किलो कपडा राख्न मिल्ने बक्सहरू राखिने
छन् । बैंकले कपडा संकलन, सर्टिङ, वासिङ, सेनिटाइजिङ, प्याकेजिङ र वितरण जस्ता कार्य गर्नेछ भने आगामी कार्ययोजना देशभर १००० बैंक संचालन गर्ने र फूड बैंक, हेल्थ बैंक संचालन गर्ने सपना जि सी पुरा गर्न तर्फ लागिरहेको यो अभियान सम्पूर्ण देशबासीको सपना हो भन्दै सहयोग साथका लागि अपिल समेत गरेका छन ।
