अर्जुन कुवर
अर्घाखाँची
अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका २ भुवनपाटा स्थित गोरुसिंगे-सन्धिखर्क राजमार्गमा आज साँझ बस दुर्घटना भएको छ।
सुपा मन्दिर दर्शन गरी नवलपरासीको बर्दघाट फर्किंदै गरेको लु २ ख ३०३ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ५०/६० मिटर तल शाखा बाटोमा अड्डिएको थियो ।
उक्त घटनामा चार जनाको मृत्युसहित अन्य धेरै घाइते भई मानवीय क्षति भैरहादा घटनाको प्रकृति हेर्दा माथिबाट खसेर बस जहानेर अडिएको थियो त्यसभन्दा मुनि दुई तीनवटा घर रहेको र बस माथिनै अड्डिनाले तलका घर र घरमा बसेका मान्छेहरु अथवा थप ठूलो मानवीय क्षती हुनबाट बचिएको
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी नायब निरीक्षक प्र.नि. रविन्द्र चन्दको कमान्डमा १८ जनाको टोली र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट प्रहरी सहायक निरीक्षक प्र.स.नि अर्जुन बस्नेतको कमान्डमा थप ८ जनाको टोली खटिएको थियो। घाइते यात्रुहरूको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र, ठाडामा पठाइएको र जसमध्ये गम्भीर घाइते र अन्य केही घाइतेहरूलाई रेफर गरी भैरवा पठाइएको छ।दुर्घटना स्थल ईलाका प्रहरी कार्यालय, ठाडाबाट करिब ७ किलोमिटर उत्तर-पश्चिममा रहेको छ।
उक्त दुर्घटनामा मृत्यु भएका यात्रुहरूको नामावली तपशिल
१) जमुना वस्याल ५५ वर्ष बुटवल उप-महानगरपालिका ८
२ )उमा न्यौपाने ४५-५० वर्ष नवलपरासी पश्चिम, भूमही
३)नाम नखुलेकी ६०-६५ वर्षकी उमा न्यौपानेकी सासु
४ )मदन कुमार विक ४५-५० वर्ष बर्दघाट, बस चालक रहेका छ्न।
जसमध्ये घाइते यात्रुहरूको नामावली तपशिल
१)सन्तष कडेल ३६ वर्ष बर्दघाट, नवलपरासी पश्चिम बुटवल रिफर
२) अमर कंडेल ४ वर्ष बुटवल रिफर
३)अरुण भट्टराई १९ वर्ष
४) आशिष अधिकारी ३१ वर्ष बुटवल रिफर
५)लक्ष्मी अधिकारी २७ वर्ष बुटवल रिफर
६)आन्दा अधिकारी ४ वर्ष बुटवल रिफर
७)आयान्स अधिकारी १४ वर्ष बुटवल रिफर
८)चन्द्रकला भट्टराई ४० वर्ष
९)सक्षम चापागाईं १७ वर्ष देवदह
१०) मित्रबन्दु अधिकारी (४५ वर्ष), बर्दघाट-१५
११)कलम सापकोटा ५५ वर्ष
१२)लक्ष्मण पंगेनी ४८ वर्ष
१३) मनकुमारी घिमिरे ४० वर्ष
१४)दिपक अधिकारी २९ वर्ष
१५)दण्डपानी बस्याल ५० वर्ष बुटवल
१६) झविकला पाण्डे ३६ वर्ष, बर्दघाट१४
१७)गणेश बस्याल २५ वर्ष बुटवल
१८)रामु अधिकारी ३२ वर्ष बुटवल
साथै अन्य घाइतेहरु ठाडा प्राथमिक उपचार केन्द्रमा उपचाररत रहेका छ्न।
