काठमाडौ सम्पदा क्षेत्रहरुमा ढुङ्गा छाप्ने कार्यले तिब्रता पाउदै

लीलामणि पोखरेल

काठमाडौ -३२ हजार ८५१ वर्गमिटर क्षेत्रमा ढुङ्गा छाप्ने लक्ष्य, ८ मध्ये ५ वटा योजना सम्पन्नसहरी सौन्दर्य, सम्पदा संरक्षण र पैदल यात्रीलाई सहजताको लागि काठमाडौँ महानगरपालिकाको निरन्तरता दिदै आएको छ।

चालु आर्थिक वर्षभित्र ३२ हजार ८५१ वर्गमिटर क्षेत्रफलमा ढुङ्गा विछ््याउने लक्ष्य पूरा गर्न काम गरिरहेको छ । महानगरपालिकाले सार्वजनिक खरिद प्रक्रियाबाट ७ वटा प्याकेजमा ८ वटा योजना कार्यान्वयनमा ल्याएको हो ।

यीमध्ये ५ वटा योजना सम्पन्न भएका छन् । सम्पन्न योजना र कार्यान्वयनमा रहेका योजनाबाट १० हजार ७२९ वर्गमिटर क्षेत्रमा ढुङ्गा छापिसकिएको छ ।

सम्पदा क्षेत्र, पैदल मार्ग, भित्री सडक तथा गल्लीमा ढुङ्गा विछ््याउने काम भइरहेको हो । योजनाहरु वडा नं. ६, ८, १२, २१, २६ र २७ गरी ६ वटा वडा र हनुमान ढोका दरबार संरक्षण क्षेत्रमा सञ्चालन भएका हुन् । योजनाका लागि २९ करोड ४७ लाख ८८ हजार ८५९ रुपैयाँ लागत अनुमान गरिएको थियो ।

सार्वजनिक खरिद प्रक्रियाबाट योजनाहरु २८ करोड १४ लाख ९२ हजार ४२७ रुपैयाँमा सम्झौता भएका हुन् । सम्पन्न ५ वटा योजनामा वडा नम्बर ८ को जयबागेश्वरी मार्ग सिफल सेतो ढोकादेखि जयबागेश्वरी चोकसम्मको १ हजार ४८५ वर्गमिटर मार्गको काम सकिएको छ ।

यसको लागत १ करोड २६ लाख ६० हजार रुपैयाँ हो । वडा नम्बर १२ को ह्युमत खोल्सापाखा, ह्युमतदेखि लगनसम्मको १ हजार ८२५ वर्गमिटर मार्गमा ढुङ्गा विछ्याइसकिएको छ ।

यसको लागत १ करोड ५४ लाख ६८ हजार ८ सय रुपैयाँ हो । वडा नं. २१ को लगन चोकमा २ हजार ९२ वर्गमिटर क्षेत्रको काम सकिएको छ । यसको लागत १ करोड ३६ लाख २९ हजार ७२७ रुपैयाँ हो ।

वडा नम्बर २६ को कुमारीकृपा मार्गको १ हजार १७ वर्गमिटर क्षेत्र र वडा नम्बर ६ को रामहिटी मार्गमा ५२० वर्गमिटर क्षेत्रको काम सम्पन्न भएको छ । यी दुईवटा सडकलाई एउटै प्याकेजमा काम गरिएको हो ।

यसको लागत ४४ लाख ८७ हजार ६ सय रुपैयाँ हो । सम्पन्न योजनाका लागि महानगरपालिकाले अहिलेसम्ममा ४ करोड ६२ लाख ४६ हजार ६८७ रुपैयाँ भुक्तानी गरिसकेको छ । जमलदेखि असनहुँदै इन्द्रचोकसम्मको ढुङ्गा छाप्ने काममा कमलाछी क्षेत्रमा काम सम्पन्न भएको छ ।

भोटाहिटी असनहुँदै इन्द्रचोकसम्मको निर्माण कार्य भइरहेको छ । असनदेखि वीर अस्पताल, महावौद्ध हुँदै चित्तधर मार्ग र हनुमान ढोका दरबार क्षेत्रमा विद्युत भूमिगत गर्ने कार्यसँग समन्वय भइरहेको छ । यस क्षेत्रमा विद्युत प्राधिकरणको तार भूमिगत गर्ने योजना रहेकोले योजना कार्यान्वयनमा समन्वय भइरहेको छ ।

ढुङ्गा छापेपछि विद्युतका तार भूमिगत गर्दा स्रोत र समयको खर्च बढ्छ । यसकारण विद्युत प्राधिकरणले तार भूमिगत गर्नासाथ हाम्रो योजना अगाडि बढाउँने काठमाडौ महानगरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै