डि पि एल नेपाल बुटवल शाखाको तेस्रो पद हस्तान्तरण कार्यक्रम सम्पन्न ।

बुटवल ,

“पठन संस्कृतिको विकाससँगै सकारात्मक सोच सहितको सु-सस्कृत युवा नेतृत्व” भन्ने मुल नाराका साथ अघि बढिरहेको डि पि एल नेपाल बुटवल शाखाको तेस्रो पद हस्तान्तरण  कार्यक्रम सम्पन्न भएको छ। डि पि एल  बुटवल का अध्यक्ष पारस मरासिनी ज्यूको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आथित्यता संस्थाका संस्थापक अध्यक्ष श्री राजीव खनालको रहेको थियो भने विशिष्ट अतिथिको रुपमा  प्रमुख सल्लाहकार बिकाश श्रेष्ठ  र  पुर्ब प्रमुख सल्लाहकार राजिब गौतम,अतिथिको रुपमा आर्थिक सल्लाहकार रोशन नेपाल , सल्लाहकार साकार लम्साल , निवर्तमान अध्यक्ष आबिष्कार खनाल , लगायतको आतिथ्यता रहेको थियो। कार्यक्रममा आबिस्कार खनाल,राजिव गैतम ,बिकास श्रेष्ठ ,राजिव खनालले आ -आफ्नो भनाइ  राख्नु भएको थियो । कार्यक्रमको स्वागत मन्तव्य सल्लाहकार साकार लम्सालले राख्नु भएको थियो भने कार्यक्रमको संचालन महासचिव प्रकाश पोख्रेलले गर्नु भएको थियो पद हस्तान्तरण कार्यक्रममा नव निर्वाचित अध्यक्ष  राजन अधिकारीलाइ निवर्तमान अध्यक्ष पारस मरासिनीले पद हस्तान्तरण गर्नुभएको थियो । डि पि एल नेपाल बुटवल शाखाको नया कार्यसमितिमा अध्यक्ष राजन अधिकारी ,निबर्तमान अध्यक्ष  पारस मरासिनी ,बरिस्ठ उपाध्यक्ष प्रकाश पोख्रेल ,महासचिव  रुद्र खनाल ,उपाध्यक्ष दिनेश थापा ,उपाध्यक्ष  निर्मल बेल्वासे ,कोषाध्यक्ष  दिपक घिमिरे, सचिब  रक्षा न्यौपाने ,निर्देशकहरुमा विषम गहतराज, मनिष खनाल , सुनिल भट्टराई , बिकास पौडेल चयन  भएको र पदभार ग्रहण गरेको डि पि एल नेपाल बुटवल शाखाका पुर्ब अध्यक्ष एवं निर्वाचन आयुक्त आबिस्कार खनालले जानकारी दिनुभयो ।

पद हस्तान्तरण पस्चात डि पि एल नेपाल बुटवल शाखाको आयोजनामा सस्थाका अध्यक्ष राजन अधिकारीको अध्यक्षता एवं  सस्थापक अध्यक्ष राजिव खनालको प्रमुख आतिथ्यतामा प्रजातन्त्र दिवसको अबसर पारि दिप प्रज्वलन कार्यक्रम समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै